अर्बपति बनिन् किम कार्दासियन

लसएञ्जल्स । हलिउड मोडल, अभिनेत्री तथा व्यापारी महिला किम कार्दासियन आधिकारिक रुपमा अर्बपति बनेकी छन् । फोर्ब्सले मंगलबार विश्वका अर्बपतिको सूची जारी गर्दा किमको नाम पनि सामेल भएको हो ।
आजतकमा प्रकाशित समाचारअनुसार टेलिभिजन शो र एन्डोर्समेन्ट डिलका अलावा किमका दुई ठूला व्यापारले उनलाई अर्बपति बन्ने यात्रामा सहयोग गरेको थियो । गत वर्ष उनको कुल सम्पत्ति ७ सय ८० मिलियन डलर थियो । जसमा यो वर्ष बढेर अर्ब पुग्यो ।
पत्रिकाका अनुसार किमले आफ्ना दुई व्यापार केकेडब्लु ब्युटी र स्किम्ससमेत किपिङ अप विद कार्दासियन, रियल स्टेट र विभिन्न एन्डोर्समेन्ट सम्झौताका कारण उनको सम्पत्ति यति धेरै पुगेको हो । किमले सन् २०१७ मा आफ्नो कस्मेटिक व्यापार केकेडब्लु ब्युटी सार्वजनिक गरेकी थिइन् । यो सार्वजनिक भएको दुई घण्टामै तीन लाख कन्टोर किट्स बिकेको थियो ।
सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।
काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।