चीनले उपलब्ध गराएको खोप ‘भेरोसेल’ लगाउन सुरु

काठमाडौं । सरकारले बुधबार (आज) बाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थीत नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनोबिरुद्धको खोप हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।
खोप हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यान्छीले चीन र नेपाल निकै नजिकको मित्र भएकाले कोरोना महामारीमा चीनले नेपाललाई खोप सहयोग गरेको बताउनुभयो ।
उहाँले अहिले ८ लाख डोज उपलव्ध गराएको भन्दै यसले लक्षितबर्गलाई कोराना महामारीबाट जोगाउन मद्धत पुग्ने धारणा पनि राखे । त्यस्तै उहाले बिश्वमा दोश्रो चरणको कोरोना महामारी देखिएको भन्दै यसको रोकथाम निकै चूनौती देखिएको जिकिर गरे । स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा मात्रै दिइने छ । दुई डोज दिनु पर्ने भएकोले यस अभियानमा करीब ४ लाखले खोप पाउने छन् ।
महाशाखाका अनुसार यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् । यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउने बताइएको छ ।
काठमाडौं । सन् २०२० मा मानवअधिकार उलङ्घनका घटना बढेकोप्रति एमनेस्टी इन्टरनेशनलले चिन्ता व्यक्त गरेको छ । सन् २०२० मा मानवअधिकारका घटनासम्बन्धी आज वार्षिक प्रतिवेदन सार्वजनिक प्रतिवेदनमा सरकारले मानवअधिकार हनन्का घटनाका दोषीलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिएको छ । एक सय ४९ देशको मानवअधिकारको अवस्थालाई समेटेर प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उलङ्घनका केही गम्भीर घटनालाई पनि उजागर गरिएको छ । प्रतिवेदनअनुसार नेपालमा गोपनीयताको अधिकार, भेला हुने र अभिव्यक्ति स्वतन्त्रतालगायतका सन्दर्भमा सरकारले मानवअधिकारको विश्वव्यापी मान्यता र सिद्धान्तविपरीत काम गरेको आरोप लगाइएको छ ।
धनगढी । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको बुधवार बिहान मृत्यु भएको हो । उनको कञ्चनपुर स्थित महाकाली अस्पतालमा उपचार भइरहेको थियो । भारतको गुजरातबाटै कोरोना संक्रमित भएर आएका पुरुषको नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।