Namaste Icon
Ad
Ad

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

२०४७ सालको संविधान पुनः स्थापनाको विकल्प छैन : महतो

काठमाडौं । देशमा अहिले २०४७ सालको संविधान ‘नेपाल अधिराज्यको संविधान २०४७’ आवश्यक रहेको किशोरी महत्तोले बताएका छ्न । राजधानीमा पत्रकार सम्मेलन कार्यक्रम गरेर २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका प्रमुख संयोजक रहेका महत्तोले २०७२ सालको संविधान मरिसकेको आरोप लगाउदै अब २०४७ सालको संविधान पुनः स्थापनाको विकल्प नरहेको बताएका हुन । त्यस्तै, उनले गणतन्त्रको अन्त्य भएकोले राजसँस्थाका लागि बाटो खुला भएको बताए । नेपालको संविधान २०७२ ले काम गर्न नसक्ने र अहिले २०७२ को संविधान लेख्नेहरु नै पछुताई रहेको प्रमुख संयोजक महत्तोले दाबी गरे । त्यस्तै, महत्तोले २०७२ को संविधानलाई संविधान लेख्नेले नै ब्लत्कार गरेको आरोप लगाए ।

२०४७ सालको संविधान नै आज राष्ट्रिय समस्या समाधानको एकमात्र बिकल्प भएको उक्त अभियानका महासचिव चक्रदेव जोशीले बताए । त्यस्तै, महासचिव जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजा र तत्कालीन ७ दलसँग भएको बूदाँ नं ४ मा राखिएको राजसंस्था युगयुग सम्म रहनेछ भनि गरिएको सहमति कार्यान्वयन गर्न तथा २०४७ सालको संविधान लागु गर्न जोडदार माग गरे । २०७२ को संविधानले नेपाल र नेपालीका लागि कुनै पनि काममा हित नगर्ने अभियन्ता विक्रमबहादुर बमले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै बमले २०४७ सालको संविधानलाई लागू गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै हेमविक्रम सिल्वालले तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति शुशिल कोईरालाले 'नेपालको संविधान २०७२' जारी गरेर २०४७ सालको संविधानलाई ब्लत्कार गरेको जिकिर गरे । त्यस्तै सिल्वालले राजसँस्था हटाएको कारण मुलुकले भिख मागेर खानुपर्ने अवस्था आएको बताए । उनले नेपाली जनताले विभिन्न कालखण्डमा गरेको आन्दोलनले केही उपलब्धि नभएको र नेपाली जनताले दुखमात्रै पाएको गुनासो व्यक्त गरे । २०४७ सालको संविधान, पुनः स्थापना हाम्रो अभियानका संयोजक शोभाराम थापाले २०४७ को संविधानले अन्तर्राष्ट्रियस्तरमा मित्रता कायम गरेको तर २०७२ को संविधानले त्यो मित्रता कायम गर्न नसकेको बताए । उनले २०६२र६३ को आन्दोलन विदेशीहरुको हितको लागि भएको आरोप लगाए ।

Ad

सम्बन्धित समाचारहरु

सिंहदरबारको रत्यौली देशका आठ ठाउँमा पुग्यो : चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका कारण सिंहदरबारभित्रको किनबेच अहिले देशका आठ ठाउँमा पुगेको बताएका छन । नयाँ बानेश्वरको संसद भवनभित्र चल्ने रत्यौली अहिले धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर हेटौँडा, र विराटनगर पुगेको बताएका हुन । मंगलबार बुटवलमा राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले लेनिनको शब्द सापटी लिँदै संसदलाई ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो’ को संज्ञा दिए ।

ओली सरकारका ४ मन्त्रीको सांसद पद निलम्बन

ओली सरकारका ४ मन्त्रीको सांसद पद निलम्बन

काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभामा विजयी ४ सांसदको पद निलम्बन भएको छ । सोबारेमा पत्र मंगलबार माओवादीले संसद सचिवालयमा दर्ता भएको हो । सांसदहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीलाई पार्टी सदस्य र सांसद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको जनाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad