Namaste Icon
Ad
Ad

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

गोदावरीमा महिला उद्यमशिलता विकास गरिने

ललितपुर । गोदावरीमा महिला उद्यमशिलता विकास गरिने भएको छ । नगरपालिका र गोदावरी उद्योग वाणिज्य सङ्घको संयुक्त पहलमा यस क्षेत्रका महिलालाई अघि बढाएर समृद्ध नगरपालिका निर्माणका लागि उक्त काम गर्न लागिएको हो । चालु आर्थिक वर्षको बाँकी तीन महिना अवधिमा उद्यम गर्न इच्छुक महिला खोजेर उनीहरुको रुची अनुसारका काम गर्न प्रेरणा दिइने नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, सवल, सक्षम र समृद्ध नगरपालिका बनाउन यी तत्व पनि आवश्यक रहनाका साथै एक उद्यमीले अर्का एक सय व्यक्तिलाई रोजगार दिन सक्छ भन्ने विश्वासका साथ यस काम अघि बढाउन लागेका हौं । उद्यम गर्न चाहने महिला जस्को आर्थिक अवस्था कम्जोर छ सो का हितमा कोष समेत खडा गर्नेतर्फ ध्यान दिइने भएको महर्जनले जानकारी गराए ।

यसैगरी गोदावरीका व्यवसायीहरुको हकहितमा आफूहरुले बिजनेस क्लनिकका साथै इकोनोमिक फोरम समेत सञ्चालन गरिरहेको सङ्घका अध्यक्ष जगनाथ महर्जनले बताए । सङ्घ र नगरपालिकाले महिला उद्यमशिलता विकासको सोच अघि बढाएपछि आफूले गोदावरीलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरी पेपरको अवधारणा अघि बढाउन जरुरी देखेको नं १३ का वडाध्यक्ष भाष्कर थापाले बताए।

गोदावरी भित्र उत्पादन हुने हरेक बस्तु बिक्रीवितरणको जिम्मा सङ्घले लिएर नयाँ योजना अघि बढ्न सल्लाह दिने नं १४ का वडाध्यक्ष जगनाथ महर्जनले बताए । उक्त कामले गोदावरीका महिलालाई उद्यमी बनाई उनीहरुको सोच र क्रियाकलापमा थप ऊर्जा, व्यवसाय विस्तार, व्यवसायीक अवसर तथा उपलब्ध स्रोत साधनको पहिचान गर्नुका साथै मूल्य निर्धारणमा समेत सहयोग पुग्ने देखिन्छ ।

Ad

सम्बन्धित समाचारहरु

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

पत्रकार महासंघको निर्वाचन : अर्घाखाँचीमा दुई खनालबीच प्रतिस्पर्धा

अर्घाखाँची । सधै समाचार लेख्न व्यस्त हुने पत्रकार चुनावमा हाेमिएका छन् । समाचार लेख्न क्यामरा बाेकेर हिड्ने पत्रकारलाई मत माग्नमा व्यस्त छन् । केन्द्र, प्रदेश र जिल्लाकाे निर्वाचन एकैपटक हुने भएपछि पत्रकारहरूमा भिन्नै माहाेल छाएकाे छ । अर्घाखाँची जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि तयारी पुरा भएको छ । महासंघको भोली हुने चुनावका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेस चौतारी (माधव) जनपत्रकार संगठन, प्रेस मञ्च नेपाल लगायतको लोकतान्त्रिक गठबन्धनबाट २९ जनाको दरखास्त परेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad