# भर्खरै
Namaste Icon
Ad
Ad

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

मोहित मुनालको एरेन्ज रहेको यस गीतमा श्यामस्वेत रसाईलीको मिक्सिङ्ग रहेको छ। गीतको म्युजिक भिडियोमा पल शाह र श्री पाण्डेको जीवन्त अभिनय रहेको छ जसलाई कविराज गहतराजले निर्देशन गरेका हुन्। भिडियोका कोरियोग्राफर दिपक राज सुनार हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान ललितपुर शाखाका कोषाध्यक्ष समेत रहेका गायक रवि थापा मगर मौलिक गायकका रुपमा परिचित छन्। विगतमा पनि उनले माइती र चेली (तीज गीत), तिमी मेरो हुन्छौ भने, आज म तिमीलाई, कसको लागि हो (तीज गीत) लगायतका गीतहरुमा स्वर दिईसकेका छन् भने तत्कालै रेशम नामक अर्को म्युजिक भिडियो बजारमा आउने तयारीमा रहेको उनले जानकारी दिए ।

साथै उनले माईती र चेली बाट २०७४ मा सर्वोत्कृष्ठ तीज गीत गायक अवार्ड,२०७६ मा आधुनिक गीत 'आज मा तिमीलाई' बाट सर्वोत्कृष्ठ गायक अवार्ड समेत प्राप्त गरिसकेक्का छन्।

भिडियो हेर्नुहोस

Ad

सम्बन्धित समाचारहरु

चर्चित अभिनेत्री राकुलप्रित सिंह ‘कन्डम परीक्षक’ बन्दै

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेत्री राकुलप्रित सिंह ‘कन्डम परीक्षक’ को भूमिकामा देखिने भएकी छन् । चलचित्रको कथा मनपरेपछि काम गर्ने पक्कापक्की गरेकी हुन् । बलिउडमा पछिल्ला केही वर्षदेखि नयाँ र फरक खालका चलचित्र बनेका छन् । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्सअफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारका यस्ता फरक खालका चलचित्रले उधुम मच्चाइरहेका छन् । बलिउडमा पछिल्लो केही वर्षयता स्टारडमलाई कथाले उछिन्न थालेको छ । अभिनेता आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव लगायतले फरक खालका कथामा काम गरिरहेका छन् र उनीहरुका चलचित्र सफल पनि भएका छन् । यसैबीच केही अभिनेत्री पनि यही बाटोमा देखिएका छन् । दक्षिण भारतीय चलचित्रमा सफलता कमाएपछि बलिउडमा पाइला राखेकी अभिनेत्री राकुल पनि नयाँ खालको कथामा काम गर्ने तयारीमा लागेकी हुन् ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad