# भर्खरै
Namaste Icon
Ad
Ad

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राखिन्छ: अध्यक्ष पुन

काठमाडौं । नेपालका कारागारमा क्षेमताभन्दा चारगुणा बढी कैदीहरु राखिने गरेको मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालकी अध्यक्ष कोकिला पुनले बताएकी छन । उक्त संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय शंकरकुमार केसीको फोटोमा माल्यार्पण गर्दै अध्यक्ष पुनले कारागारहरुमा क्षमता बढी र अव्यवस्थित तरिकाले कैदीहरु राख्ने गरेको बताएकी हुन ।

संस्थाले नेपालका प्रायः सबै जिल्लाका कारागारमा गएर ५ सयभन्दा बढी कैदीबन्दीसँग भेटेर परामर्श गरेको अध्यक्ष पुनले जानकारी दिईन । त्यस्तै उनले कारागारमा भेटिएका कैदीहरुमध्ये ३५ प्रतिशत लाल्छना लगाएको आधारमा र ६५ प्रतिशत व्यक्तिगत रिसीबी तथा अन्य कारणले जेल जीवन बिताउन बाध्य हुने गरेको संस्थाको अध्ययनले देखाएको बताईन ।

केही व्यक्तिहरुले मिटर ब्याज, लेनदेन, चोरी अभियोग, जबर्जस्तीकरणी, लागू औषध सेवन तथा ओसारपसार लगायतका विविध कारण जेलजीवन बिताउन परेको छ । यस्ता घटना शिक्षित तथा पढेलेखेकै व्यक्तिबाट बढी हुने गरेको अध्यक्ष कोकिलाले बताइन् । यस्ता घटना बढी हुनु र पटकपटक दोहोरिनुको मुख्य कारण बेरोजगारी भएको उनको बुझाई छ । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालले कैदीबन्दीहरुका हरेक प्रकारका समस्याहरुलाई समाधान गर्दै आएको र अबका दिनमा अझ मजबुत तवरबाट लाग्ने अध्यक्ष पुनको प्रतिबद्धता छ । संस्थाले देशका सबै कारागारमा गएर कैदिबन्दीसँग परामर्श गर्ने र उनीहरुको समस्या समाधान गर्नतर्फ लाग्ने साथै सीपमूलक तालिम प्रदान गर्ने अध्यक्ष पुनले जानकारी दिएकी छन् ।

कैदिबन्दीका हरप्रकारको समस्याहरु समाधान गर्दै आएको उक्त संस्थालाई सरकारले कुनै सहयोग नगरेको अध्यक्ष पुनले गुनासो व्यक्त गरिन । उनले भनिन् "यो संस्थालाई सरकारले कुनै पनि किसिमको सहयोग गरेको छैन । हामीले सरकारलाई नै सहयोग गरिरहेका छौँ । यो सस्थाले कैदिबन्दीका लागि वकिल लगायत उनिहरुको परिवारलाई सहयोग गरिरहेका छौं । तर सरकारले हामीलाई कुनै सहयोग गरेको छैन ।"

दश जोड दुई (प्लस टु) मा अध्ययन गर्ने विद्यार्थीहरु लागू औषध तथा मादक पदार्थ सेवनमा बढी देखिएकोले प्रत्येक कलेजका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई चेतनामूलक प्रशिक्षण दिने योजना रहेको कोकिलाले बताईन । अध्यक्ष पुनले भनिन "त्यसका लागि कलेजहरुसँग सहकार्य भइरहेको छ ।"

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले स्वर्गीय केसीलाई श्राद्वञ्जली दिदैँ केसीले देखाएको बाटोमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । त्यस्तै उनीहरूले संस्थालाई जस्तोसुकै प्रकारको सहयोग गर्न पनि आफूहरू तत्पर रहेको बताए । संस्थाले राजधानीमा श्राद्वञ्जली कार्यक्रम गरी स्वर्गीय अध्यक्ष केसीको फोटोमा माल्यार्पण गरेको हो

Ad

सम्बन्धित समाचारहरु

यार्सागुम्बा संकलन गर्न पाटन पुगेका एक जनाको मृत्यु, चार जना पक्राउ

जाजरकोट । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ। लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ। लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad