# भर्खरै
Namaste Icon
Ad
Ad

रोबर्टका ४ मुक्तक

रोबर्टका ४ मुक्तक

१)

पारेर घाउ हानेर वचनले दिलमा भाग लगाउँछ
मेरा आँशु राखेर आखाँको डिलमा भाग लगाउँछ
हिजो जुन भाईलाई टुक्कि दिएर पढाएको थिए?
अचेल उसैले बिजुलीको बिलमा भाग लगाउँछ

२)
आँशु झारी एक्लो पारी छुट्टिएकी मान्छे
घृणा गर्दै भुईमा पछारी छुट्टिएकी मान्छे
आज फर्किन्छु भन्दैं खबर पठाउने गर्छिन्
हिजो धोका दिई,गरि गद्दारी छुट्टीएकी मान्छे

३)
प्रतिकुल अवस्थालाई अनुकुल बनाउने इरादामा
सास्ती भोग्नै पर्ला राम्रो व्यवस्था पाउने इरादामा
आजसम्म सुत्नै नदिएको जात व्यवस्था विरुद्ध
तयार छौ क्रान्ति गर्न मस्तसँग निदाउने इरादामा

४)
कम्ती छैनन् परेला रुझाउने तिम्रा वचन
मन दुखाएर घायल बनाउने तिम्रा वचन
सुन्दा सुन्दै अब आफै नै सकिन्छु लाग्छ
काठ छैन देउ मलाई जलाउने तिम्रा वचन

रोबर्ट बिश्वकर्मा अछाम
हाल बनेपा काभ्रे

Ad

सम्बन्धित समाचारहरु

वशिष्ठको मदानी, सावित्रीको उनिउँको फूल र रत्न विरहीको समयको रुमाल एकैसाथ सार्वजनिक

ललितपुर। गोदावरी साहित्य परिषद्ले एकैपटक तीन पुस्तक लोकार्पण गरेको छ ।

खोइ कस्ले सुन्छ र ?

खोइ कस्ले सुन्छ र ?

म भन्छुमेरो देश सम्बृद्ध बनोस्यहाँ कोहि कसैलाइ कुनै कष्ट नहोस् कहिल्यै कोहि अकालमा मर्नु नपरोस् कुनै पनि रोगव्याधी नलागोस् कुनै पनि किसिमका आँधीबेहरी नआवस् कुनै पनि जलको भय नहोस् यहाँ सधैं हेमन्तै हेमन्त आओस् बशन्तै वसन्त आवस्मेरो देश स्वर्ग झै होस्यहाँका लेक र बेसिहरुमा पुष्पकुसुमका बास्ना मग्मग होस् यहि सगरमाथाको काखमा मेरो देश सदा सुसज्जित रहोस् ।भन्न त म सधै यसै भन्छु नि तर मेरो कुरा सुनिदिने को छ र यहाँ?

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad