# भर्खरै
Namaste Icon
Ad
Ad

हेडक्वार्टरका ४५ सहित देशभरका ९३ प्रहरीमा कोरोना सङ्क्रमण

हेडक्वार्टरका ४५ सहित देशभरका ९३ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ। पछिल्लो समय देशभरका ९३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४५ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए।

सोमबारसम्म नेपालभरिका ९३ प्रहरीहरू संक्रमित भइसकेको उनले बताए। 'हाम्रोमा संक्रमित संख्या शून्य भइसकेको थियो। अहिले फेरि देखिन थालेको हो,' एसएसपी कुँवरले भने,' अहिले उनीहरूको उपचार हुने काम भइरहेको छ।' महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतका कार्यालयमा पनि २२ जनामा संक्रमण देखिएको रानिपोखरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले बताए।

'हाम्रो मातहतका कार्यालयमा कार्यरत प्रहरी, ट्राफिक प्रहरीमा संक्रमण देखिएको छ। कहीँ एक जना कहीँ दुई जनामा संक्रमण देखिएको छ,' राठौरले भने। कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्युसमेत भइसकेको छ। पछिल्लो केही समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ।

Ad

सम्बन्धित समाचारहरु

वायु प्रदूषण बढेको भन्दै ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

नेराशिसं महालक्ष्मी नगरको अध्यक्षमा शेरबहादुर बस्नेत

ललितपुर। नेपाल राष्ट्रिय शिक्षक संगठन महालक्ष्मी नगरपालिकाको दोश्रो नगर अधिवेशन सम्पन्न भएको छ। लुभुमा सम्पन्न उक्त अधिवेशनले कालीदेवी माविका प्रधानाध्यापक शेरबहादुर बस्नेतको अध्यक्षतामा आगामी तीन वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad