# भर्खरै
Namaste Icon
Ad
Ad

पृथ्वी शाको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्लीको सानदार जित

पृथ्वी शाको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्लीको सानदार जित

अहमदावाद । ओपनर पृथ्वी शाको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका ओपनर पृथ्वी शाले ४१ बलमा ११ चौका र ३ छक्का सहित ८२ रनको उत्कृष्ट इनिङ खेले । पहिलो ओभरमै युवा तीव्र गतिका बलर शिवम माभीलाई लगातार ६ बलमा ६ चौका प्रहार गर्दै उत्कृष्ट सुरुवात गरेका शाले सानदार इनिङ खेल्दा दिल्लीले सहज जित हात पारेको हो ।


आइपिएल इतिहासमा शा एकै ओभरमा ६ चौका प्रहार गर्ने दोस्रो खेलमा हुन् । शा अघि सन् २०१२ मा अजिक्या रहानेले राजस्थान रोयल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरका श्रीनाथ अव्रिन्दलाईलाई एकै ओभरमा ६ चौका प्रहार गरेका थिए । ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि १३.५ ओभरमा १ सय ३२ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै सहज जिततर्फ अघि बढाएका थिए । प्याट कमिन्सको फुलटस बल मिस गर्दा धवन ४६ रनमा एलबिडब्लू आउट हुन पुगेका थिए । धवनले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।


शा पनि १६ औं ओभरमा दोस्रो बलमा कमिन्सको बलमा ठूलो सट खेल्नेक्रममा टप एज लागेर नितिश रानाबाट क्याच आउट हुन पुगेका थिए । दुई बल पछि ठूलो सट खेलेका कप्तान ऋषभ पन्त शिवम माभीबाट १६ रनमा क्याच आउट हुन पुगेका थिए । मार्कस स्टोइनिस ६ रनमा अविजित रहे । कोलकाता प्याट कमिन्सले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए ।


त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । कोलकाता आन्द्रे रसेल २७ बलमा २ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । युवा ओपनर सुभमन गिलले ३८ बलमा ३ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । प्याट कमिन्स ११ रनमा अविजित रहे । स्पिनर अक्षर पटेलले चौथो ओभरको चौथो बलमा ओपनर नितिश रानालाई विकेटकिपर ऋषभ पन्तबाट १५ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ३५ बलमा ४४ रनको साझेदारी गरेका थिए । दशौं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले राहुल त्रिपाठीलाई १९ रनमा ललित यादवबाट क्याच गराउँदै साझेदारी तोडे ।


लगत्तै ११ औं ओभरको दोस्रो बलमा ललितले कप्तान ओईन मोर्गनलाई शून्यमा स्टिभ स्मिथबाट क्याच आउट गराए । दुई बलपछि सुनिल नारायण शून्यमा बोल्ड आउट हुँदा कोलकाता ७५–४ को कमजोर अवस्थामा पुगेको थियो । १३ औं ओभरको अन्तिम बलमा आवेश खानले सुभमन गिललाई स्मिथबाट क्याच गराए । दिनेश कार्तिकलाई अक्षर पटेलले १४ रनमा एबिडब्लू आउट गरे । दिल्लीका ललित यादवले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । आवेश खान र मार्कस स्टोइनिसको नाममा १–१ विकेट रह्यो ।


अंक तालिका
चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । साविक विजेता मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ । दिल्लीले आइतबार पन्जाबसँग खेल्ने छ । कोलकाताले मंगलबार बेंगलोरसँग खेल्ने छ ।

Ad

सम्बन्धित समाचारहरु

आइपिएल स्थगित हुँदा २ हजार २ सय करोड घाटा

आइपिएल स्थगित हुँदा २ हजार २ सय करोड घाटा

मुम्बई ।  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । आइपिएल स्थगित हुँदा ‘द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया’ (बिसिसिआई) लाई कम्तिमा २ हजार २ सय करोड भारु घाटा लाग्ने अनुमान गरिएको छ । आइपिएल स्थगित हुँदा मुख्य रुपमा प्रसारण अधिकारबाट सर्वाधिक धेरै रकम घाटा हुने छ ।

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी पहिलो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad