# भर्खरै
Namaste Icon
Ad
Ad

नबिल बैंकमा युनाइेट फाइनान्स गाभिने

नबिल बैंकमा युनाइेट फाइनान्स गाभिने

काठमाडौं । नबिल बैंकमा युनाइटेड फाइनान्स गाभिने भएको छ । बैंक र फाइनान्सले प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरीसकेका छन । सम्झौतामा नबिल बैंकका तर्फबाट मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर समितिका संयोजक मनीष खेम्काले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्नो १ सय कित्ता बराबर फाइनान्सलाई ३५ कित्ता दिनेगरी स्वाब रेसियोमा गाभ्ने सहमति गरेको छ । नबिलसँग गाभिएपछि फाइनान्सका १ सय कित्ता भएका सेयर धनीको सेयर नबिलको ३५ कित्ता भएर आउनेछ । एक्वार प्रक्रियाका लागि आइतबारदेखि नेप्सेमा फाइनान्सको सेयर कारोबार रोक्का रहनेछ भने नबिलको चालू नै रहनेछ । नबिल बैंकमा ५० प्रतिशत लगानी विदेशी रहेको छ भने फाइनान्समा भारतको मुथुट फाइनान्सको लगानी छ ।

यी दुवै वित्तीय संस्थामा विदेशी लगानी भएका संस्था हुन् । नबिल बैंकको ५० प्रतिशत विदेशी लगानी रहेको छ भने युनाइटेडमा मुत्थुट फाइनान्सको लगानी रहेको छ । यो बैंक नेपालको सबैभन्दा बढी नाफा कमाउने बैंक भएकाले लगानीकर्तालाई उच्चतम प्रतिफल दिँदै आएको छ । एक्वायर भएका दुवै कम्पनीमा चौधरी समूहको लगानी रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad