# भर्खरै
Namaste Icon
Ad
Ad

रियलमीका नयाँ स्मार्टफोन बजारमा

रियलमीका नयाँ स्मार्टफोन बजारमा

काठमाडौं । रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ । नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेन्ज उपकरणको उत्पादन कम्पनीले गर्दै आएको छ । रियलमी सेभेन र सेभेन आई दुवै स्मार्ट फोनलाई बजारमा एकदमै रुचाइएका छन् । बेस्ट सेलरका रूपमा यसका हजारौं मोबाइल सेट बिक्री भएका छन् । रियलमीका यी फोन ८ जीबी ¥याम, १२८ जीबी फोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथ उपलब्ध छन् । यसैगरी यसमा तीव्र चार्जिङ प्रविधि रहेको छ । जस्को कारण केबल २६ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सम्भव छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ तस्बिर खिच्छ । यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराले भरिएको आकासको सुन्दर तस्बिर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिथमद्वारा सञ्चालित छ ।

रियलमी सेभेनको मूल्य ३५ हजार ९ सय ९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९ सय ९० रहेको छ । रियलमी सी सिरिज सी–११, सी–१२ र सी–१५ गरी तीनवटै स्मार्ट फोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो जी–३५ चिसपेटद्वारा सञ्चालित छन् । अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागि यी मोबाइल फोन उत्कृष्ट छन् । रियलमीका तीन सिरिज ६.५ इन्च मिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध रहेको छ । २ जीबी ¥याम र ३२ जीबी स्टोरेजसहित सी–११ फोन १४ हजार ९ सय ९० मा, ३ जीबी र्याम र ३२ जीबी स्टोरेजसहित सी–१२ फोन १६ हजार ९ सय ९० र ४ जीबी ¥याम र ६४ जीबी स्टोरेजसहित सी–१५ फोन १८ हजार ५ सय ९० मा रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

एनसेललाई एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२०’ प्राप्त गरेको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले एचआर मिट २०२१ को एक कार्यक्रममाझ एनसेललाई यो अवार्ड प्रदान गरिएको हो ।

जेठदेखी अवैध मोबाइल ‘लक’ गर्ने तयारी, वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने

काठमाडौं । आगामी जेठदेखी नेपालमा भित्रिएका अवैध मोवाइल लक हुने भएका छन् । नेपाल दूरसञ्‍चार प्राधिकरणले यसअघि नै यस्तो प्रणाली सञ्चालन गर्ने तयारी गरेपनि जेठबाट मात्र सञ्चालनमा आउने भएको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि अवैध मोबाइल नियन्‍त्रणका लागि बनाइएको प्रणाली सञ्‍चालन हुने भएको हो । प्रणाली सञ्‍चालनमा आएपछि नेपालमा पनि दर्ता भएर वैध च्यानलबाट आएका मोबाइल डिभाइसमा मात्र नेटवर्कले काम गर्ने छ । अवैध तथा चोरी गरी ल्याइएका एंवम् प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक हुनेछन् । मोबाइल डिभाइस म्यानेजमेन्ट विनियमावलीअनुसार आधिकारिक आयातकर्ताहरूले डिभाइसको युनिक नम्बर (आइएमइआइ नम्बर ) दर्ता गराउनुपर्ने छ । यसरी दर्ता भएका डिभाइसको डेटाबेस सेवाप्रदायकहरुको नेटवर्कसँग जोडिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad