# भर्खरै
Namaste Icon
Ad
Ad

चर्चित अभिनेत्री राकुलप्रित सिंह ‘कन्डम परीक्षक’ बन्दै

चर्चित अभिनेत्री राकुलप्रित सिंह ‘कन्डम परीक्षक’ बन्दै

मुम्बई । दक्षिण भारतीय चर्चित अभिनेत्री राकुलप्रित सिंह ‘कन्डम परीक्षक’ को भूमिकामा देखिने भएकी छन् । चलचित्रको कथा मनपरेपछि काम गर्ने पक्कापक्की गरेकी हुन् । बलिउडमा पछिल्ला केही वर्षदेखि नयाँ र फरक खालका चलचित्र बनेका छन् । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्सअफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारका यस्ता फरक खालका चलचित्रले उधुम मच्चाइरहेका छन् । बलिउडमा पछिल्लो केही वर्षयता स्टारडमलाई कथाले उछिन्न थालेको छ । अभिनेता आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव लगायतले फरक खालका कथामा काम गरिरहेका छन् र उनीहरुका चलचित्र सफल पनि भएका छन् । यसैबीच केही अभिनेत्री पनि यही बाटोमा देखिएका छन् । दक्षिण भारतीय चलचित्रमा सफलता कमाएपछि बलिउडमा पाइला राखेकी अभिनेत्री राकुल पनि नयाँ खालको कथामा काम गर्ने तयारीमा लागेकी हुन् ।


नाम तय गरी नसकिएको नयाँ चलचित्रमा राकुल ‘कन्डम परीक्षक’ को भूमिकामा देखिन लागेकी हुन् । यो चलचित्रको कथा फरक र विशिष्ट लागेपछि आफूले काम गर्न तयार भएको राकुलले बताएकी छन् । उनले यस चलचित्रमा सम्झौता नगरे पनि मौखिकरुपमा सहमति जनाइसकेको जनाइएको छ । यो चलचित्र कन्डम उत्पादन गर्ने एक कम्पनीले बजारमा आफ्नो उत्पादन पठाउनुअघि त्यसको परीक्षण गर्ने एक युवतीलाई नियुक्त गरेको विषयमा केन्द्रित हुनेछ । जसमा राकुलले ‘कन्डम परीक्षक’ को भूमिकामा काम गर्दैछिन् । यो चलचित्रको अफर आएपछि राकुल पनि उत्साहित छन् ।

Ad

सम्बन्धित समाचारहरु

मेलिनाकै हातको पानी रविलाई किन मिठो लाग्यो ?(भिडियो हेर्नुहोस)

सन्तोष दाहाल, ललितपुर। लोकप्रिय गायक रवि थापा मगर र मेलिना राइको आवाज रहेको गीत 'पानी मिठो' को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।फिल्म मोशन प्रा. लि ले पोस्ट पोस्ट प्रोडक्सन गरेको यस सुगम गीतमा टुरिष्ट जंग विकको शब्द र खेम सेन्चुरीको संगीत रहेको छ।

स्वस्तिमा खड्का र विपिन कार्कीको प्रमुख भूमिकामा ‘विवेक’ बन्ने

काठमाडौं । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्लेले नयाँ चलचित्र ‘विवेक’ बनाउने घोषणा गरेका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहने यो चलचित्र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने जनाइएको छ । चलचित्रका लागि अभिनेता विपिन र अभिनेत्री स्वस्तिमाले काम गर्ने पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । निर्माता वाग्लेका अनुसार चलचित्रका अन्य पात्र अडिसनबाट छानिने छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad