# भर्खरै
Namaste Icon
Ad
Ad

दोब्बर मूल्यमा मास्क बिक्रि गर्नेलाई दुई लाख जरिवाना

दोब्बर मूल्यमा मास्क बिक्रि गर्नेलाई दुई लाख जरिवाना

काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो ।

बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढार्इंले जानकारी दिए । उहाँका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।

उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिवाना गरिएको हो । पछिल्लो समय विभागले काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रु ५० हजार जरिवाना गरेको थियो । उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रुपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो । – रासस

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad