# भर्खरै
Namaste Icon
Ad
Ad

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

लुम्बिनी । प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । साहले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

​प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलासा भएको थियो । सोपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको विश्लेषण हुँदै आएका अवस्थामा उनलाई प्रदेश प्रमुखले ‘फास्ट ट्र्याक’ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Ad

सम्बन्धित समाचारहरु

यार्सागुम्बा संकलन गर्न पाटन पुगेका एक जनाको मृत्यु, चार जना पक्राउ

जाजरकोट । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ। लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ। लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad