# भर्खरै
Namaste Icon
Ad
Ad

खोप लगाइदिने बहानामा युवतीमाथि सामूहिक बलात्कार

खोप लगाइदिने बहानामा युवतीमाथि सामूहिक बलात्कार

एजेन्सी । भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अपराध गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार मंगलबार साँझ एक स्वास्थ केन्द्रमा यी दुई व्यक्तिले युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनीहरुले जमुनापुर क्षेत्रस्थित एक सुनसान घरमा ती युवतीलाई लगे, अनि दुर्व्यवहार सुरु गरे ।

पीडितले प्रतिरोध गर्न खोजेपछि उनीहरुले हातखुट्टा बाँधे र मुखमा पनि रुमाल कोचिदिए । त्यसपछि सामूहिक बलात्कार गरेर उनीहरु फरार भए । प्रहरी अधिकारी भन्छन्, ‘केही समयपछि आफुलाई मुक्त गरेर पीडित घर पुगिन् र परिवारका सदस्यहरुसँग आफुसँग घटेको घटनाबारे भनिन् । त्यसपछि स्थानीय पुलिसलाई सम्पर्क गरियो ।’ आरोपितहरु जमुनानगरमा बस्थें । प्रहरीले आज बिहान उनीहरुको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार पीडितको मेडिकल परीक्षण भइसकेको छ ।

Ad

सम्बन्धित समाचारहरु

भारतमा १६ करोडले लगाए कोरोनाविरुद्धको खोप, यस्ताे  स्वास्थ्य मन्त्रालयको तथ्यांक

नयाँ दिल्ली । राष्ट्रव्यापी खोप अभियानको तेस्रो चरण थप विस्तार भएपछि देशभरि दिइएको कुल कोविड खोप खुराक को जम्मा संख्या १६ करोड नाघेको छ । भारत यो लक्ष्य हासिल गर्ने सब भन्दा छिटो देश बनेको छ । भारतलाई यो लक्ष्य हासिल गर्न १०९ दिन मात्र लाग्यो । स्वास्थ्य मन्त्रालयले बुधबार भने । अमेरिकाले १११ दिन लिएको थियो भने चीनले यो संख्यामा पुग्न ११६ दिन लिएको थियो । यसैबीच स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १८–४४ वर्ष उमेर समूहका ६ लाख ७१ हजार २ सय ८५ लाभार्थीहरूले १२ राज्यमा कोविड खोपको पहिलो डोज प्राप्त गरेका छन् ।

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

विश्वभर ५ लाख ७४ हजार नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर गत २४ घण्टामा कूल पाँच लाख ७४ हजार ७५३ जना नयाँ कोरोना सङ्क्रमित थपिएको वर्ल्डओमिटर्सले जनाएको छ। यससँगै विश्वभर हालसम्मको कूल सङ्क्रमितको सङख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। गत २४ घण्टामा भारतमा सर्वाधिक एक लाख १५ हजार २६९ मा सङ्क्रमण देखिएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad