# भर्खरै
Namaste Icon
Ad
Ad

युनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल

युनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छन् । यससँगै उनी उक्त कम्पनीको पहिलो महिला सीईओ बनेकी छन् ।

कम्पनीले आगामी चार वर्षका लागि पौडेललाई नियुक्त गरिएको जानकारी दिएको छ । ३४ वर्षमै सीईओ बनेकी पौडेल सबैभन्दा कम उमेरकी सीईओसमेत बनेकी छन् । यसअघि उनले निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिइन् । सो पदमा रहेर पौडेलले गरेको कार्यसम्पादनमा सन्तुष्ट भएपछि उनलाई सीईओ नियुक्त गरिएको कम्पनीको भनाइ छ ।

उनीसँग विगत एक दशकभन्दा बढी समयदेखि यस क्षेत्रमा काम गरेको अनुभव छ। उनले भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजबाट एमबीए गरेकी छिन्।

‘कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने कुरामा विश्वास लिने उहाँ कर्मचारीको टिम वर्कलाई विशेष ध्यान दिनुहुन्छ। उहाँको आगमनसँगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा उहाँको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्तिसँगै थप उचाइमा पुग्ने कुरामा विश्वास लिन सकिन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad