# भर्खरै
Namaste Icon
Ad
Ad

सिद्धार्थ बैंकको नयाँ वेबसाइट संचालनमा, ग्राहकमैत्री बनाएकाे दावी

सिद्धार्थ बैंकको नयाँ वेबसाइट संचालनमा, ग्राहकमैत्री बनाएकाे दावी

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ आधिकारिक वेबसाइट संचालनमा ल्याएको छ । बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाई संचालनमा ल्याएको हो । सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुविधा तथा सूचनाहरूको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरूको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट आजबाट संचालनमा ल्याएको बैंकले जनाएको छ ।

आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरि विकास गरिएको बैंकले बताएको छ । ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएका छन् । त्यस्तै बैंकले नयाँ वेबसाइटको सुरुवातसँगै नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा समेत सुरुवात गरेको जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडाैं । नेपालमा आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ९० हजार ६०० रूपैयाँ कायम थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँ कायम छ । चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ तोकिएको छ ।

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

मध्य भोटेकोशीको आईपिओ आजदेखि, कहाँ कहाँ दिने आवेदन ?

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि आज (मंगलबार)बाट आईपीओ निष्कासन गर्दै छ । कम्पनीले स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १० प्रतिशत अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। मध्यभोटेकोशीको शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट वैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीले सेयर भर्नका लागि सिन्धुपाल्चोका ३६ स्थान तोकेको छ भने काठमाडौंमा पनि बिक्री केन्द्र राखेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad