# भर्खरै
Namaste Icon
Ad
Ad

लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रम असंबैधानिक

लुम्बिनी प्रदेशमा भएको समग्र घटनाक्रम असंबैधानिक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य तिर्थ लामाले लुम्बिनी प्रदेशमा आइतबार भएको समग्र घटनाक्रमलाई असंबैधानिक भएको आरोप लगाएका छन् । लामाले लुम्बिनी प्रदेशमा संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको देखिएको भन्दै कडा निन्दा र भत्सर्ना गरेका छन् ।

नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत नभएको भन्दै संविधान सभाको सदस्य लामाले एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेर संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक भएको नेता लामाको भनाइ छ ।

उनले भने, ‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली काँग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मुल्य मान्यता विपरीतको ब्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक रहेको स्पष्ट छ ।’

संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुयाई राजीनामाको बाहना गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्य–मान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन भएको नेपाली कांग्रेस काभ्रेको संघीय सभापति तिर्थ लामाको जिकिर छ ।

Ad

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । सोही दिनका लागि प्रधानमन्त्री ओलीले आज आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग गुहार गर्न गए । जम्बो टोली सहित कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरे । तर, सभापति देउवाले भने अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाले स्पष्ट पारेको कांग्रेस नेता डा.प्रकाशशरण महतले बताए ।

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad