# भर्खरै
Namaste Icon
Ad
Ad

'प्रधानमन्त्रीले मत लिनु अस्थिरता अन्त्य गर्ने अवसर'

'प्रधानमन्त्रीले मत लिनु अस्थिरता अन्त्य गर्ने अवसर'

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर प्राप्त भएको बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति र अस्थिरता अन्त्य गर्ने अवसर फेरि प्राप्त भएको बताउँदै अध्यक्ष थापाले त्यो अवसर चुनाव भएको उल्लेख गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत थापाले जतामा गएर प्रजातन्त्रको रक्षा गर्ने वा कम्युनिस्ट घटकसँग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने भन्ने अग्निपरीक्षामा कांग्रेस जसपा रहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘प्रमले संसदमा विश्वासको मतलिने भएपछि विद्यमान राजनीतिक विकृतिरअस्थिरता अन्त्यगर्ने अवसर फेरि प्राप्त भएकोछ।नयाँ चुनाव नै त्यो अवसर हो। जनतामा गएर प्रजातन्त्रको रक्षागर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसंग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने।कंग्रेस र जसपा अग्निपरीक्षामा छन्।’

Ad

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । सोही दिनका लागि प्रधानमन्त्री ओलीले आज आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग गुहार गर्न गए । जम्बो टोली सहित कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरे । तर, सभापति देउवाले भने अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाले स्पष्ट पारेको कांग्रेस नेता डा.प्रकाशशरण महतले बताए ।

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad