# भर्खरै
Namaste Icon
Ad
Ad

राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बन्न पाउने भएपछि एमाले छोडेका पाण्डे कांग्रेस प्रवेश

राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बन्न पाउने भएपछि एमाले छोडेका पाण्डे कांग्रेस प्रवेश

बुटवल । लुम्बिनी प्रदेश सरकारको राजनीति थप तातिएको छ । हिजो मात्रै मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग गर्न नसक्ने बताउँदै एमाले परित्याग गरेर सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डे कांग्रेस प्रवेश गरेपछि राजनीति थप पेचिलो बनेको हो । उनलाई नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले कांग्रेस प्रवेश गराएका हुन् ।

आइतबार मुख्यमन्त्रीको विपक्षमा उत्रिएका २ स्वतन्त्र सांसद एमालेमै फर्किएपछि बहुमत पाएको पोखरेल नेतृत्वको सरकारले पाण्डेको राजीनामा पछि फेरि बहुमत गुमाएको छ । उनले दिएको संसद सचिवालयले राजीनामा हिजो नै स्वीकृत भइसकेको छ ।

कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेलाई अब राष्ट्रिय सभा उपनिर्वाचनमा उमेदवार बनाउने सहमति चार दलले गरेका छन् । एमाले प्रवेश गरेका अर्घाखाँचीका चन्द्रबहादुर खड्कालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको ठाउँ रिक्त छ । सोही ठाउँमा पाण्डेलाई चुनाव लडाउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले सहमति पनि गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

यार्सागुम्बा संकलन गर्न पाटन पुगेका एक जनाको मृत्यु, चार जना पक्राउ

जाजरकोट । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको जगदुल्ला पाटन पुगेका जुम्ला गुठीचौर गाउँपालिका–३ गज्र्याङ्कोटका १७ वर्षीय सुमन रावलको मृत्यु भएको छ। लेक लागेर बिरामी भएका रावललको मङ्गलबार बेलुकी काइगाउँ स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दैगर्दा मृत्यु भएको डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। त्यस्तै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा राखेको छ। लुकीछिपी पाटन गएर यार्सागुम्बा सङ्कलन गर्न लागेको पुगेको खबर प्राप्त भएपछि निकुञ्जको गस्ती टोली त्रिपुरासुन्दरी नगरपालिकाको भोक्पा र भान्का पाटन पुगेको थियो।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad