# भर्खरै
Namaste Icon
Ad
Ad

थपिए सात हजार ४४८ जना सङ्क्रमित

थपिए सात हजार ४४८ जना सङ्क्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४४८ जना कोरोना भाइरस सङ्क्रमित भएकोमा तीन हजार ६६६ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा दुई हजार ९२२, ललितपुरमा ५२२ र भक्तपुरमा २२२ जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा सबभन्दा बढी हो । अहिलेसम्म नेपालमा तीन लाख ४३ हजार ४१८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

उपनिर्वाचनको लागि दल दर्ता गर्न आह्वान

उपनिर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले जेठ १८ गते सम्न्नप हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएकोसँगै आयोगले दल दर्ताको लागि आह्वान गरेको हो । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।

यसपालिको मनसुनमा बढी वर्षा हुने (कुन कुन स्थानमा बढी ?)

यसपालिको मनसुनमा बढी वर्षा हुने (कुन कुन स्थानमा बढी ?)

नारायण ढुङ्गाना, (रासस) काठमाडौं । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन् । यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरीे सार्वजनिक गरेको हो । औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad