# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाली श्रमिक पठाउन खुल्यो इजरायल

नेपाली श्रमिक पठाउन खुल्यो इजरायल

काठमाडौं । सरकारले इजरायलमा 'केयरगिभर' का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ । तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Ad

सम्बन्धित समाचारहरु

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले जेठ १८ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएकोसँगै आयोगले दल दर्ताको लागि आह्वान गरेको हो । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।

यसपालिको मनसुनमा बढी वर्षा हुने (कुन कुन स्थानमा बढी ?)

यसपालिको मनसुनमा बढी वर्षा हुने (कुन कुन स्थानमा बढी ?)

नारायण ढुङ्गाना, (रासस) काठमाडौं । यसपालिको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा (हिउँ) हुने अनुमान गरिएको विभागको जलवायु विष्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले जानकारी दिइन् । यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरीे सार्वजनिक गरेको हो । औषतभन्दा बढी वर्षाले मुलुकमा बाढी पहिरोको सम्भावना बढी हुने भएकाले अहिलेदेखि नै सावधानी र क्षति न्यूनीकरणका कार्यक्रम तीब्ररूपमा अघि बढाउनुपर्ने मौसमविद्को भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad