# भर्खरै
Namaste Icon
Ad
Ad

खनाल–नेपाल समूहका २१ सांसदले राजीनामा दिने !

खनाल–नेपाल समूहका २१ सांसदले राजीनामा दिने !

काठमाडौं ।  २७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नेपाल पक्षले यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको हो । नेपालनिकट स्रोतका अनुसार सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ । तर, यसबारेमा टुंगो लागिसकेको छैन । 

नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेछ । त्यो अवस्थामा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउने हुन्छ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्छ ।

जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने विश्लेषण छ । २७ वैशाखमा विश्वासको मत लिनु ठीकअघि अर्थात् त्यसै दिन बिहान नेपाल समूहका ३० जना सांसदहरूले राजीनामा दिएको अवस्थामा ओलीलाई थप समस्या पर्नेछ । 

ओलीले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बन्ने सम्भावना पनि समाप्त हुन सक्छ । काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष मिलेर बहुमतको सरकार गठनको सम्भावना बलियो हुन्छ । जसका कारण ओली पदबाट हट्ने परिस्थिति निर्माण हुनसक्छ ।

Ad

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । सोही दिनका लागि प्रधानमन्त्री ओलीले आज आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग गुहार गर्न गए । जम्बो टोली सहित कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरे । तर, सभापति देउवाले भने अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाले स्पष्ट पारेको कांग्रेस नेता डा.प्रकाशशरण महतले बताए ।

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad