# भर्खरै
Namaste Icon
Ad
Ad

एमालेको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका प्रकाश ज्वालाले गरे यस्ताे अपील

एमालेको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका प्रकाश ज्वालाले गरे यस्ताे अपील

सुर्खेत । वैशाख तीन गते कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहेका प्रकाश ज्वालाले १७ दिनपछि एक अपील जारी गर्दै केन्द्र देखि स्थानीय स्तरसम्म समस्याहरु बढाउँदै गुटगत रुपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न फ्लोर क्रस गरेको प्रष्टिकरण दिएका छन् ।

उनले पार्टीमा आवश्यक छलफल तथा सलह नभएको गुनासो गर्दै आवश्यक वातावरण बनाउन पनि मन्त्री पदबाट राजीनामा दिएको प्रष्ट पारे । उनले आफूलाई कारवाही गरिएको प्रचार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन् । ‘जतिबेला विद्ययार्थी कालमा कम्युनिष्ट पार्टीको झण्डा बोकें, त्यतिबेला पञ्चायतले झुटा मुद्दा लगाएर जेल हाल्यो । बहुदल कालमा काँग्रेसले सांघातिक आक्रमणको कारवाही गर्‍यो तर पनि हातबाट एमालेको झण्डा र मनबाट मार्क्सवाद/लेनिनवादको बिचार झुकेन । माओवादी जनयुद्धकालमा दर्जनौं कारवाहीका निर्णयहरु सुनाइए तर पनि सिंगो एमाले बचाउन र वैचारिक संघर्ष गर्न छोडिएन,’ उनले भनेका छन् ।

ज्वालाको भावनात्मक अपीलमा थप भनिएको छ, ‘केहि अराजक व्यक्तिहरुबाट मलाई आर्थिक प्रलोभन जस्ता भ्रामक आरोप लगाउन दुष्प्रयास भएका छन् । तिनिहरुलाई मैले कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौती दिन्छु । मेरो जीवन भरिको मेरो पार्टी प्रतिको निष्ठालाई भ्रमित गर्ने कोशिस गरिएको छ । मेरा विरुद्धमा फैलाइएका प्रचारहरुमा कुनै सत्यता छैन ।’

Ad

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । सोही दिनका लागि प्रधानमन्त्री ओलीले आज आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग गुहार गर्न गए । जम्बो टोली सहित कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरे । तर, सभापति देउवाले भने अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाले स्पष्ट पारेको कांग्रेस नेता डा.प्रकाशशरण महतले बताए ।

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad