# भर्खरै
Namaste Icon
Ad
Ad

उपत्यकामा एक साता निषेधाज्ञा थप : कामबिना निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने

उपत्यकामा एक साता निषेधाज्ञा थप : कामबिना निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका सीडीओहरूको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हाे ।

अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि भएको छ । बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरि संचालन अनुमति दिने निर्णय पनि भएको छ । शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न अनुमति दिने निर्णय प्रशासनले गरकोे छ । साथै बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन चलाउन पाउनेछन् ।

प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ । निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कार्वाही गर्ने निर्णय पनि प्रशासनहरुले गरेका छन् । अत्यावश्यक कामबिना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने निर्णय पनि भएको छ । कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई अनुगमन गरेर कडा कार्वाही गर्ने निर्णय पनि प्रशासनले गरेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही !

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही !

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले जेठ १८ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएकोसँगै आयोगले दल दर्ताको लागि आह्वान गरेको हो । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad

Ad
Ad
Ad
Ad