# भर्खरै
Namaste Icon
Ad
Ad

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिपरिषद् विस्तार

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभा सदस्यहरू चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंंख्या मन्त्री र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आचार्य अर्घाखाँचीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने श्रेष्ठ रुपन्देहीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । श्रेष्ठ बुटवलका पूर्व मेयरसमेत हुन्।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित श्रीवास्तव ब्रिजेशकुमार गुप्तानिकट मानिन्छन् । उनले आइतबार मुख्यमन्त्री पाेखरेलसँग असन्तुष्टि जनाउँदै अलगिने घाेषणा गरे पनि साेमबार एक विज्ञप्ति जारी गर्दै पुन: पाेखरेललाई नै समर्थन रहेकाे जनाएका थिए । नव नियुक्त मन्त्रीहरुले भाेली (बुधबार) पद तथा गाेपनियताकाे सपथ लिने कार्यक्रम रहेकाे नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बिएल नेपाली सेवालाई जानकारी दिए । हिजाे (सोमबार) मात्रै शिक्षा तथा सामाजिक विकास मन्त्री बनेकी कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

परोपकार युवा समाजको पहिलो काम : बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । परोपकार युवा समाज, नेपाल अर्घाखाँचीले अति बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिका ०२ भद्रीखोलामा रहेको अति बिपन्न समुदायको बस्तिलाइ मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad