# भर्खरै
Namaste Icon
Ad
Ad

नेता नेपाललाई प्रधानमन्त्री बनाएर एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिनुपर्छ : नेता रिजाल

नेता नेपाललाई प्रधानमन्त्री बनाएर एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिनुपर्छ : नेता रिजाल

काठमाडौं । नेकपा एमालेका नेता रामप्रसाद रिजालले सर्वोच्च अदालतको फैसला अनुरुप एमाले पार्टीलाई २०७५ जेठ २ को अवस्था मा पार्टी का सम्पूर्ण संरचना हरु व्युझाउनु पर्ने बताएका छन । दर्पण दैनिकसँग कुरा गर्दै नेता रिजालले फागुन २८ को ओलीको गुट भेलाले गरेको निर्णय हरु खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस र जसपालाई सरकार बनाउने चाबी नसुम्पियौं एमालेकै नेतृत्वमा बाम सरकारलाई निरन्तरता दिनुपर्छ । पार्टी कमिटी लाई विधिः पद्धतिमा चलाऔं जनताले वाम गठवन्धनलाई जनमत दिएकोले यही गठबंधनको नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्छ ।’ त्यसको लागि एमाले पार्टीको पदाधिकारी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाएर आवाश्यक निर्णय गरेर जानुपर्नेमा नेता रिजालको जोड छ ।

ओली पक्ष ले नेपाल लगाएत उनको पक्षलाई गरेको कारवाही विना शर्त फिर्ता गर्नुपर्ने भन्दै नेता रिजालले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुको सट्टा राजीनामा दिएर एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनु पर्ने बताए । जसलाई माओवादी केन्द्रले पनि समर्थन गर्ने यसो गर्दा एमाले पनि एकीकृत हुने र जनमत को पनि कदर हुने उनले बताए ।


रामप्रसाद रिजाल समाजवादी पार्टीका पूर्व सहप्रवक्ता, नेकपा केन्द्रीय संघर्ष समिति सदस्य तथा हाल नेकपा एमालेमा आवद्ध छन ।

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad