# भर्खरै
Namaste Icon
Ad
Ad

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

‘हामी त डुब्छाैँ नै, तिमीलाई पनि लिएरै डुब्छाैँ’

काठमाडाैं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छन । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी छन । उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताइन ।

उनले भनिन, ‘हामी त डुब्छौँ नै । हामी सत्यानाश हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ । यदि तिमी सत्यानाश हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड ।’

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad