# भर्खरै
Namaste Icon
Ad
Ad

देशभर ५८ जनाको मृत्यु, ८६५९ जंक्रमित थपिए

देशभर ५८ जनाको मृत्यु, ८६५९ जंक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमण र मृत्युदरको ग्राफ दैनन्दिन उकोलो लाग्दो छ । बुधबार मात्रै देशभर ५८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर आठ हजार ६ सय ५९ जनामा नयाँ संक्रमण देखिएको छ । जसमध्ये २० हजार ७६५ जनाको पीसीआर परीक्षणमा आठ हजार ६ सय ५ जना र ६१६ जनाको एन्टीजेन परीक्षणमा ५४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । यस्तै, मन्त्रालयका अनुसार बुधबार काठमाडौं जिल्लामा मात्रै तीन हजार ८ सय ४९ जनामा कोरोना भाइरसको नयाँ संत्रमण पुष्टि भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मनसुनजन्य विपदमा परेर - १७ को मृत्यु, यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad