# भर्खरै
Namaste Icon
Ad
Ad

पूर्वरानी कोमलको स्वास्थ्य सुधारोन्मुख

पूर्वरानी कोमलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराईरहेकी पूर्वरानी कोमलराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएपछि उनलाई आईसीयूबाट वार्डमा सारिएको छ । कोरोना संक्रमण भएपछि १२ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणासहित उनी नर्भिक अस्पतालमा भर्ना भएकी थिइन् ।

Ad

सम्बन्धित समाचारहरु

मनसुनजन्य विपदमा परेर - १७ को मृत्यु, यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad