# भर्खरै
Namaste Icon
Ad
Ad

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

प्रधानमन्त्री ओलीकाे प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं । यहि बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संघीय संसदमा विश्वासको मत लिने भएका छन् । सोही दिनका लागि प्रधानमन्त्री ओलीले आज आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग गुहार गर्न गए । जम्बो टोली सहित कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरे । तर, सभापति देउवाले भने अस्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने देउवाले स्पष्ट पारेको कांग्रेस नेता डा.प्रकाशशरण महतले बताए ।

पत्रकारसँग बोल्दै पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले संसद्लाई छलेर ल्याएका अध्यादेशप्रति प्रधानमन्त्रीसँग गम्भीर भएर छलफल गरेको बताए। भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग विश्वासका मतका लागि सहयोग मागेका उनले बताए। प्रधानमन्त्री ओलीले सहयोग मागे पनि आफूहरूले सहयोग गर्न नसक्ने बताएको डा. महतले जानकारी दिए।

‘सत्ता आउने जाने क्रम चलिरहन्छ। तर,लोकतन्त्रका मुल्य र मान्यताहरू मास्न नलाग्न हामीले ओलीलाई आग्रह गरेका छौं’, उनले भने, ‘लोकतन्त्रका लागि एमाले कांग्रेस वर्षेदेखि लडेकाले यसलाई जोगाउन आवश्यक रहेको बैठकमा छलफल भएको छ।’ अहिलेको सत्ताधारीको व्यवहार कांग्रेस सहकार्य गर्ने खालको नभएको डा महतले बताए। ‘अहिले हामीले विश्वासको मतको विपक्षमा भोट हाल्ने स्पष्ट जानकारी प्रधानमन्त्रीलाई दिएका छौं,’ उनले भने।

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad