# भर्खरै
Namaste Icon
Ad
Ad

राजनीति फोहोर भयो भन्दै किनारमा बसेर औँला ठड्याएर मात्र युवाको दायित्व पूरा होला ?

राजनीति फोहोर भयो भन्दै किनारमा बसेर औँला ठड्याएर मात्र युवाको दायित्व पूरा होला ?
प्रेम लामा थोकर (नेबि संघ काभ्रे सहसचिव तथा बिधार्थी राजनीतिशास्त्र त्रिभुवन विश्वविद्यालय रत्न राज्य लक्ष्मी क्याम्पस)

युवा राष्ट्रको अमुल्य शक्ति हो । विद्यार्थी राजनीतिमा सानै उमेर होमिदै आएका प्रेम लामा थोकर विद्यार्थी राजनीतिक कार्यमा सक्रिय छन । त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र अध्ययनरत लामा नेपाल बिधार्थी संघ काभ्रेको पदाधिकारीमा पनि आबद्ध छन । युवा–राजनीतिलगायत विषयमा लामाले आलोचनात्मक कोणबाट कलम चलाउँदै आएका छन् । थोकरले मिडिया सँग बोल्दै भने युवालाई हाल सम्म सिन्डीकेट प्रथा नै रहेको दावी गरे । एक समय युवापुस्ता दबदबा रहेको नेपाली राजनीतिमा युवाको उपस्थिति बिस्तारै पातलिँदै छ । पुरानाले ज्यानजाला ठाउँ नछाडेको र अधिकांश युवा तिनकै पछुवामै रमाएका देखिन्छन् । आफ्नै युवा अवस्थालाई अघिल्ला पुस्ताका नेताहरूले भुलेको थोकर टिप्पणी गर्छन् । सो सन्दर्भलाई औल्याउदै थोकरले आफू युवा हुँदाकै उमेरसमूहको युवाले जिम्मेवारी खोज्दा उमेर नपुगेको, हतारिएको, अनुभव नभएको, अझ केही समय पर्खनुपर्ने वा धैर्य गुमाएको भन्ने धेरै आरोप लाग्ने उनी भन्छन् ।

यति मात्र होइन आलोचनात्मक चेतलाई मूलधारका पार्टीहरूले नरुचाएको आभास प्रसस्तै छन । यही प्रवृत्तिले युवाहरू राजनीतिबाट टाढिने बढ्दो रेखामा छ । राजनीतिशास्त्रलाई परिभाषा गर्दै प्रेम लामा थोकरले ू राजनीति भनेको राज्यको नीति, ब्यवस्थालाई ठिक गरि जनताको लागि अन्य देशप्रतिको कुटनैतिक आदिसम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ ।नेपाली जनताको टाउँको माथि टेकेर धेरै पटक–पटक राजनीतिक दलले राजनीति गरी ब्यक्ति स्थापित हुने परिपाटीले गर्दा देशमा चाहे जति विकास हुन सकेन र राजनीति फोहोरी खेलको संज्ञा बन्न पुगेको उनी भन्छन् । नेपालको जुनसुकै राजनितिकदलहरुमा युवालाई सिन्डिकेट प्रणाली नै कायम नै छन् ।

यसै सन्दर्भमा थोकरले राजनीतिकमा होमिएका युवालाई प्रस्न गर्छन् राजनीति फोहोर भयो, भनेर किनारमा बसी औँला ठड्याएर मात्र युवाको दायित्व पूरा होला ? उनी ब्याङ्क प्रहार गर्दै भन्छ युवाले सधै थपडी बजाएर मात्र युवाको भुमिका निर्वाह होला र ? उनले भने राजनीतिक प्रणालीलाई केवल सान, सौकात र पदका लागि मात्र प्रयोग गरेको हाल सम्मको परिवेश छ । विकास समृद्धिका र परिवर्तनको लागि राजनीतिलाई सेवा ठान्ने कि पेसा बनाउने ? अरू जागिरमा असफल भएपछि रोजिने क्षेत्र राजनीति बनाउने कि, हर क्षेत्रमा अब्बल हुनेको रोजाइको क्षेत्र बनाउने ? यस प्रकारको रोचक र घोचक प्रश्न गर्दै थोकरले युवालाई वर्तमानको साझेदार मान्ने कि भविष्यको भागिदार ? पालोको रेखामा ऊर्जा मरिसकेपछि जिम्मेवारीमा आउने या , समयमै पहलकदमी लिने ? राजनीतिलाई देश र समाजको दर्पण बनाउन यस्तो विविध प्रश्नहरूको उत्तर हरेक युवाले खोज्नैपर्छ । हरेक नयाँ पुस्ता पुरानो पुस्ताभन्दा अब्बल हुनैपर्छ। यो समस्यालाई समाधान गर्नको लागि राजनीतिमा युवापुुस्ता भित्रिन अपरिहार्य छ युवालाई सिन्डिकेट अन्त्य गर्न जरूरी छ । यसर्थ, जनसंख्याको करिब ४० प्रतिशत हिस्सा ओगटेको पुस्तालाई नजरअन्दाज गर्नु दुखद कुरा हो ।

यसो भन्दै गर्दा पुरानो पुस्तालाई हटाई हाल्नु पर्छ भन्न खोजिएको होइन पुरा पुस्तालाई समान गर्दै नया पुस्तालाई प्रोत्साहान गर्नु राजनीतिकमा पहिलो आबश्यकता हो । पुरानो पुस्ताको अनुभव र अन्य कार्यको ज्ञान प्राप्त गर्दै नया कार्ययोजना निर्माण गर्नु नै युवा पुस्ताको भुमिका हो ।तर बोल्दा युवा चाहिन्छ भन्ने, तर व्यवहारमा युवालाई पिछट्ने परिपाटी राजनीतिक वृत्तमा सहजै देखिन्छ । युवाहरूले मूलधारमा आउन अनेकौँ चुनौती सामना गर्नुपरेको छ । एक त आलोचनात्मक चेतलाई अस्वीकार गर्ने प्रवृत्ति हाबी छ । जसले समर्थक मात्र थप्न चाहन्छ, नेता जन्माउन चाहँदैन । विचार, विमर्श र बहसबाट टाढा भाग्छ । यो भन्दै गर्दा अलि भिन्न धारबाट नियाल्दा समाज र देशबारे सोचेर भुमरीमा पस्नुभन्दा ‘पैसा कमाऊ, परिवार पाल, घर बनाऊ, गाडी किन र मोजमस्ती गर’को सजिलो बाटो अधिकांश युवाले छनोट गरेको देखिन्छ । यसर्थ, लाहुरे र लौरे चिन्तन नै युवालाई राजनीतिमा स्थापित हुन रोक्ने मुख्य पर्खाल हुन् । अन्त्यमा आएर बिधार्थी नेता समेत रहेका लामाले नेपालको सन्दर्भमा राजनीतिमा युवा सहभागिताका कैयौँ सकारात्मक पक्ष पनि छन् ।

सबैजसो राजनीतिक दलका शीर्ष नेताहरू विगतमा युवा र विद्यार्थी संगठनको नेतृत्वमा रहिआएको पंक्ति नैराज्यको तहमा युवाहरूको वैधानिक प्रतिनिधित्व र प्रभावकारी भूमिकाका कारणले गर्दा नै राजनीतिकमा परिवर्तनको मुल फुट्न खोजेको छ ।

प्रेम लामा थोकर (नेबि संघ काभ्रे सहसचिव तथा बिधार्थी राजनीतिशास्त्र त्रिभुवन विश्वविद्यालय रत्न राज्य लक्ष्मी क्याम्पस)

Ad

सम्बन्धित समाचारहरु

छोटो कपडा लगाएकी मोडललाई  जहाजभित्र छिर्न नदिएपछि...

काठमाडौं । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन पाउनुपर्छ भन्ने सोँचले कहिलेकाँही मानिसलाई गम्भीर मोडमा पुर्‍याउँछ । अस्ट्रेलियाकी एक मोडललाई यस्तै भएको छ । उनले लगाएको छोटो कपडाका कारण एक फ्लाइटमा निकै अपमान सहनुपरेको छ । यात्राका बेला उनलाई पूरै शरीर छोप्नेगरी कपडा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि मोडलले बाध्यवस क्रु मेम्बरको ज्याकेट लगाउनुपर्‍यो । मोडल तथा नायिका इजाबेल एलेनोरलाई जहाजमा प्रवेश गर्नेबित्तिकै फ्लाइटका सदस्यले उनलाई रोक लगाएका थिए ।

बिहेपछि सुहागरातकै दिन शारीरिक सम्पर्कको क्रममा १८ वर्षीय बेहुलीको ज्यान गयो

काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad