# भर्खरै
Namaste Icon
Ad
Ad

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि दल दर्ता गर्न आह्वान

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले जेठ १८ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन तोकिएकोसँगै आयोगले दल दर्ताको लागि आह्वान गरेको हो । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहका तर्फबाट राष्ट्रिय सभा सदस्य रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गरिने जनाएको हो ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै गत १९ वैशाखको मन्त्रिपरिषद्को निर्णयानुसार उपनिर्वाचन मिति घोषणा भएको जनाएका छन् । लुम्बिनी प्रदेशमा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको स्थान रिक्त छ । आयोगले उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिकासमेत स्वीकृत गरेको छ । जसअनुसार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको छ । प्रदेश राजधानी तोकिएको दाङ सदरमुकाम घोराहीस्थित निर्वाचन कार्यालयमा अधिकृत कार्यालय स्थापना गर्ने निर्णय आयोगले गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

मनसुनजन्य विपदमा परेर - १७ को मृत्यु, यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad