# भर्खरै
Namaste Icon
Ad
Ad

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही !

उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही !

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई कारवाही गर्ने भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बढी शुल्क लिने अस्पतालका बारेमा मन्त्रालय र स्थानीय प्रशासनमा परेको उजुरीका आधारमा कारवाही गरिने बताए ।‘महामारीको यो सङ्कटमा हामीले एकले अर्कालाई सेवभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक बढी शुल्क लिनेलगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थाउपर यस्ता गतिविधि नगर्न नगराउन हुन सचेत गराइन्छ ।’

Ad

सम्बन्धित समाचारहरु

मनसुनजन्य विपदमा परेर - १७ को मृत्यु, यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad