# भर्खरै
Namaste Icon
Ad
Ad

कोभिड संक्रमितको मृत्यु भएपछि भेन्टिलेटर तोडफोड, दुई जना पक्राउ

कोभिड संक्रमितको मृत्यु भएपछि भेन्टिलेटर तोडफोड, दुई जना पक्राउ

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराइरहेका कोभिड संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । उपचारमा चिकित्सकले लापरबाही गरेको भन्दै मृतकका आफन्तले तोडफोड गरेका हुन् । तोडफोड गर्दा दुई वटा भेन्टिलेटर फुटेको छ ।

महोत्तरी, जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय शुखीचन महतोलाई श्वास फेर्न गाह्रो भएपछि प्रादेशिक अस्पतालको कोभिड वार्डमा मंगलवार भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार उनको मृत्यु भयो ।

चिकित्सकको लापरबाहीले आफ्नो बुबाको मृत्यु भएको भन्दै मृतकका छोराहरु मनोज र पप्पु महतोले अस्पतालमा तोडफोड गरेका हुन् । त्यसक्रममा दुई वटा भेन्टिलेटरको सिसा फुटेको छ । अस्पतालमा तोडफोड गरेपछि दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस