# भर्खरै
Namaste Icon
Ad
Ad

बिक्षिप्त नबनौं...

बिक्षिप्त नबनौं...
दीपिका रिमाल थापा

हेर्नै गार्हो भो
मुखार पुस्तिकाको भित्ताहरु
देख्नै सार्हो भो,
छोपिएका ती घाउहरु
रुन खोच्छन्
लोलाएका चक्षुहरु
बिलिन हुँदैछ
चिर परिचित देहहरु
कहालीलाग्दो भयो
चिच्याउन नसकेका आत्माहरु
कांप्न थाल्छ ती
चाउरिएका औंलाहरु
अवाक अनि नि:शब्द छ
पाप्रीएका ती ओंठहरु
बुझाउंछु मनलाई
खोजेर मल्हमहरु
बिस्तारै नियाल्दैछु
आफ्नै कर्महरु
जानेर नजानेर
गरेका ती दोषहरु
हे दैव! चुडी नलैजाउ
सुगन्धित ती फुलहरु
झुल्न देउ! फुल्न देउ!
सुन्दर इन्द्रधनुषहरु
उड्दैछ्न् खुला आकाशमा
वसन्त छर्ने चरीहरु
झुल्कंदैछन् सुनौलो र
उज्यालो बिछ्याउने घामहरु
महान् भनिएका
हे! बैज्ञानिकहरु
चुनौती स्वीकार है!
असम्भवलाई सम्भव बनाउनेहरु
सुन! बुझ मनन गर
हे! बिद्वानहरु
म भन्छु! म जस्तो ज्ञानी
छैनन् ऊनिहरु
किनकी थाहा छ मलाई
म जान्दिन ती कथाहरु
जान्दिन म केही
पाल्दिन म ब्यथाहरु
आउ फेरि नजान्ने बनौं
बिर्सिदेउ ती अन्वेषणहरु
हैन भने ! मिल्काइदेउ
ती आस्वासनहरु
च्यातिदेउ ! धुजा धुजा बनाउ
औंलाबाटै चल्ने बनायौं ती मेशिनहरु
हत्केलामै राखेर
देखायौ ती संसारहरु
खोइ! कहाँ छ ?
तिम्रा ती समाधानहरु?
अधकल्चो भयो
तिम्रा ती कोशिशहरु
अब सकिनै लाग्यो
खोज तर पाउनेछैनौं
ती अवशेषहरु
हे मानव! भर नपर
देउ आफैलाई
यी मायाहरु
बचाउन सक्छौं
तिमि भित्रै छ
सबै समाधानहरु!!!
बिक्षिप्त नबनौं...

दीपिका रिमाल थापा विगत लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यरत अगुवा महिला हुन ।

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad