# भर्खरै
Namaste Icon
Ad
Ad

बारामा घाँटी रेटेर दुई बालकको हत्या

बारामा घाँटी रेटेर दुई बालकको हत्या

वीरगञ्‍ज । बाराको कलैयामा दुईजना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको छ । दुवैजना सहोदर दाजुभाइ हुन् ।

कलैया उपमहानगरपालिका-७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका रहेछन, बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ ।’ उनले भने ‘ घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहयोग लिदैछ । प्रदेश २ प्रहरी कार्यालय डग शाखा बर्दिबासबाट तालिम प्राप्त कुकर मगाइएको डिएसपी मिश्रले बताए ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस