# भर्खरै
Namaste Icon
Ad
Ad

कोरोनाभाइरस, नागरिक र सरकार !

कोरोनाभाइरस, नागरिक र सरकार !
रतन तिरुवा, अध्यक्ष, नेपाल श्रमिक पार्टी

कोरोना भाइरस अहिले विश्वभरी महामारीको रुपमा फैलिएको छ । यो महामारीले मानव जातिको अस्तित्व माथी नै प्रश्न उठाएको छ । विश्वका अधिकांश देशहरुको सामाजिक र आर्थिक पाटोलाई अस्तव्यस्त र ध्वस्त पारिदिएको छ । यसबाट हाम्रो देश नेपाल पनि बाँकी रहेन । कोरोना भाइरसको पहिलो लहर नेपालमा धेरै पछि भित्रिएको थियो । त्यसबेला नागरिकहरुमा डरत्रास धेरै थियो । तत्काल सरकारले बन्दाबन्दी गर्यो र त्यो निर्णय धेरै उचित थियो । किनभने कोरोना भाइरसबाट बच्ने एउटा मात्र उपाय भनेकै बन्दाबन्दी थियो । सरकार र समाज दुबै कोरोना भाइरसको विरुद्धको लडाइँमा सक्रिय भएर लागेका थिए । फलस्वरूप यो रोगबाट सोचेभन्दा कम क्षेती भयो । कोरोनाको पहिलो लहरबाट उन्मुक्ति नपाउदै दोस्रो लहर भित्रिएको छ । पहिलेकोभन्दा अहिलेको कोरोना भाइरसको लहर निकै संक्रामक र घातक छ भनेर बताइएको छ । यो भाइरस युवा र बालबालिकाहरुमा बढी देखिएको छ । यहाँ पर्याप्त मात्रामा हस्पिटल छैनन ।भएका हस्पिटलहरुमा बेड छैन । अक्सिजन सिलेन्डर , र अन्या स्वास्थ्य सामाग्रीहरु पर्याप्त मात्रमा उपलब्ध छैनन । त्यसैले गर्दा दोस्रो लहरको भाइरल तीब्र रुपमा फैलिरहेको छ । मृतकको संख्या पनि ह्वात्तै बढेको छ । यस्को ब्यवस्थापन वा रोकथाम गर्न सरकार र सम्बन्धित संस्थाहरुको तयार बिल्कुलै थिएन । आवश्यक स्वस्थ्य सामाग्रीहरु बिना नै स्वस्थकर्मीहरु बिरामीको उपचारमा खट्नु पर्यो । यस्तो विषय र परिस्थितिमा सरकार जिम्मेवार र कृयाशिल हुनुपर्थ्यो ।

नागरिक:
कोरोना भाइरस आयातित समस्या हो । अहिले कोरोना भाइरसका करिबकरिब तीसवटा भेरियन्ट पत्ता लागेको बताइन्छ । पहिलोको लहरभन्दा अहिलेको लहर बढी संक्रामक रहेको देखिन्छ । यो भाइरस म्युटेट हुनुमा स्वयम् मानिसका गतिविधिहरु बढी जिम्मेवार हुन्छ्न । इमानदारीपूर्वक सरकारी नीति नियमहरुको पालना र सावधानी अपनाएको पनि देखिदैँन । ठुल्ठुला भिड, समुह, बनाएर लापरबाहीका साथ भोजभतेर गर्ने, जन्ती जाने र बिनाकाम हिँडडुल गरिरहने मानिसहरुको सख्या पनि उत्तिकै देखिन्छ । अहिले देशको करिब एकचौथाई भूगोलमा कोरोना भाइरसको उच्च संक्रमण छ । विशेष गरी ठुला सहर र भारतीय सिमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुमा संक्रमणको जोखिम उच्च छ । नागरिकस्तरबाट बढी हेलचेक्राइ र लापरबाही गरिएको देखिन्छ ।सरकारी नितिनियमको पालना गर्दै जिम्मेवार नागरिकको भुमिका निर्बाह गरेर अबको करिबकरिब एक महिनासम्म आउने हरेक प्रकारका चुनौती र संकटको सामना गर्न सक्यौं भने कोरोना भाइरसले हार्नेछ र हामी जित्नेछौँ ।

सरकार:
विश्वब्यापी रुपमा फैलिएको कोभिड 19 को कारणले देश अहिले गम्भीर संकटमा फसेको छ । अहिलेको समयमा आवश्यक हस्पिटल, चिकित्सक, औषधी, अक्सिजन र अन्य मेडिकल सामग्रीहरुको बन्दोबस्त सरकारले गर्न सकिरहेको छैन । कोरोना भाइरलको भ्याक्सिन पनि खरिद गर्न सकिरहेको छैन । दिनप्रतिदिन संक्रमण तीब्र रुपमा बढिरहेको छ । दिनहुँ मृत्युदर झन अस्वभाविक रुपमा बढिरहेको छ । अक्सिजन, भेन्टिलेटर र आईसीयूको कमिले गर्दा एक मुठ्ठी सास फेर्न नसकेर छटपटाउँदै मानिसहरू मरिरहेका हृदयबिदारक तस्बिरहरु हामीले देखिरहेका छौँ । एकातिर रोगले मानिसहरुलाई तड्पाइरहेको छ भने अर्कोतिर भोकले मानिसहरुलाई लखेटिरहेको छ । विशेष गरी कामदार बर्गका गरिब जनताहरुलाई कोरोनाले मृत्यु र कष्ट दुबैको भागिदार बनाएको छ । अहिलेसम्म सरकारले कुनै पनि किसिम राहत प्याकेज वा खाद्यान्न सामाग्री उपलब्ध गराएको छैन । धेरै मानिसको चुलो बल्न मुस्किल भएको हुनाले पिडालाइ थेग्न नसकेर आत्महत्या गरिसकेका छ्न । यस्तो आपतबिपतमा पनि सरकार नागरिक प्रति जिम्मेवार देखिएको छैन । सरकार आफ्नै तालसुरमा छ । सत्ता टिकाउने र गिराउने होटबाजिमा लागेको प्रष्ट देखिन्छ । सरकारले आफ्नो दाहित्व र कर्तव्य बिर्सिएको छ । यस्तो संकटको बेला नागरिकको जिउधनको रक्षा गर्नु पर्ने हैन र ? उल्टै मरेका लासको कात्रोमा पनि, कमिशन खान थालिरहेका प्रमाणहरु बजारमा छताछुल्ल भैरहेका छ्न । सरकारको भ्रष्टाचारको नाङ्गो रुप देखिन थालेको छ ।

अस्ति भर्खर स्वास्थमन्त्रीले ८० % भुक्तानी गरिसकेको भ्याक्सिन बिचौलियाका कारणले २७ दिन झमेलामा परेर नेपाल आउन नसकेको कुरा बताईसकेका छन् । लासमा पनि कमिशन नछाड्ने प्रवृत्तिले आम जनमानसमा सरकार प्रति घृणा पैदा भएको छ । यस्तो मानवता विरुद्धको अपराध गर्ने को हो ? यस्को दण्ड के हो ? यस्तालाइ कारबाही गरिनुपर्छ कि पर्दैन भनीखोज्दै जादा प्रधानमन्त्री ओलिका वरिपरिका विश्वसनियका पात्रहरुको तस्बिर फेला परेको थियो । यसबाट के प्रष्ट हुन्छ भने प्रधानमन्त्री स्वयम वा उहाँको निर्देशनमा नै ठुल्ठुला भ्रष्टाचारका काण्डहरु हुन्छ्न । यदि यसो हुदैन थियो भने तत्काल छानबिन भएर दोषीलाई हदैसम्मको कारबाही भएको हाम्रै आँखाले देख्न पाउथ्यो । शासणसत्ताका मालिकहरुको वरिपरि घुमिरहेका ब्वासाहरुलाई कसले कारबाही गर्न सक्छ र ? उनीहरुको लागि न संविधान छ न नितिनियम छ न त पुलिसप्रशासन नैछ । महामारीलाई रोक्ने वा हटाउने धेरै उपायहरु सरकार सङ्ग थिए यदि समयमै सचेत भएको भए । समय प्रशस्त थियो । महामारीको दोश्रो लहरले प्रष्ट सन्देश दिइरहँदा राज्य नियन्त्रणमा जुटेन । भ्युटावर प्रतिस्पर्धा गर्न र धार्मिक उत्तेजना फैलाउन अर्बभन्दा बढीको स्वर्ण जलारी राख्न र माणिमा राम मन्दिर बनाउन मै बेस्त भयाे । कोरोना भाइरसलाई न मन्दिरले छेक्यो नत टावरबाट देख्यो । अन्तिममा चासो भित्र नपरेका ती अस्पताल चाहिय, हेपिएका ती चिकित्सकरु चाहिए । सरकारका कामलाई बन्द गरेर बिगत लामो समय देखि पार्टी भित्रको आन्तरिक भालेभिडन्तमा राज्य फस्यो । प्रतिस्पर्धा गर्दै ठुल्ठुला नाराबाजी, जुलुस, आमसभा गर्दै गुटउपगुटका तमासा देखायो । देश र जनताको विषयमा कहिलै छलफल र बहस भएन/गरेन । दिनमा ३/४ पटक पार्टीका गुटउपगुटका स्वार्थमा केन्द्रित भएर छलफल भए तर नागरिकको जीउधनको रक्षाका निम्ति कहिलै छलफल भएन । अहिले पनि भालेभिडन्त सकिएको छैन ।

जनताको निम्ति कोरोनाको विषयमा छलफल भैरहेको छैन त्यही झगडा जारी छ । यस्तो भिषम परिस्थितिमा सरकार, पार्टी र जनता एकजुट भएर कोरोनासङ्ग लडाइ गर्नुपर्ने बेला आन्तरिक किचलोमा नै अलमलिरहेका छन । नागरिक अभिभावक बिहिन छन । राज्य दाहित्व र कर्तव्यहिन छ । प्रधानमन्त्रीलाई पार्टीको आन्तरिक बिबाद मिलाउन र सत्ता बचाउन धौधौ परिरहेको छ । अन्य पार्टी र नेताहरु पनि संकटको बेला एकजुट हुन छाडेर हलो अड्काउदै गोरु चुटिरहेका छ्न । सत्ता फेरबदलको अन्तिम संघर्ष चलाइरहेका छ्न । उनिहरुलाई झन के को जनता ? के को कोरोना एकमात्र दाउपेच सत्ता । यी सबै विषयकाे केन्द्रमा राजनीति हुन्छ र चालकमा मुल नेतित्व हुन्छ । देशको प्रधानमन्त्री लामो समयदेखि आन्तरिक र बाहिरी सत्ता संघर्षको अन्तिम लडाइ लडिरहेका छन । नागरिक र कोरोना प्रधानमन्त्रीको नजरबाट निकै टाढा छ्न ।

अन्तिममा : कोरोना भाइरलले गर्दा नागरिकहरु जीवन र मृत्युको दोसाँधमा अन्तिम सास फेर्दै छटपटाइरहेका छ्न भने सरकार वा प्रधानमन्त्री सत्ता संघर्षको अन्तिम लडाइँमा छ्न । यस्तो आपतकालीन समयमा पनि यदि सरकार नागरिकका हरेक दुख, कष्ट र पिडामा साथ दिन सक्दैन भने त्यो दलाल सरकार हो । त्यो भ्रष्टसरकार हो । त्यो नालायक , गैरजिम्मेवार र निकम्मा सरकार हो । त्यो गद्दार शासक हो । चेतना भया ।

रतन तिरुवा, अध्यक्ष, नेपाल श्रमिक पार्टी

Ad

सम्बन्धित समाचारहरु

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मुसो जस्तो प्रजातिबाट शुरूवात भएर आज करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ । २लाख ४०बर्ष अगाडि अस्तित्वमा देखापरे मानव आज यसरी सारा पृथ्वी माथि शासन गरेको छ । बौद्धिकता, आविष्कार र स्वयम शारीरिक सुन्दरतामा पनि आमूल परिवर्तन देखिएको छ तर प्रारम्भिक चरण भन्दा मान्छे झन् खुशी गुमेका छन् ।

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

निरु आचार्य 'नवरश्मी' पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad