# भर्खरै
Namaste Icon
Ad
Ad

कर्णाली प्रदेश अस्पताललाई छिट्टै केन्द्र मातहतमा ल्याउछौं : राज्यमन्त्री रावत

कर्णाली प्रदेश अस्पताललाई छिट्टै केन्द्र मातहतमा ल्याउछौं : राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा रहेको प्रदेश अस्पताललाई केन्द्र सरकारले आफ्नो मातहतमा लिने तयारी गरिरहेको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पताललाई प्रदेश सरकारले राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै केन्द्र सरकारले आफ्नो मातहतमा लिने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार बसेको उक्त बैठकले कर्णाली प्रदेश अस्पताललाई केन्द्र सरकार मातहतमा लाने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने निर्णय गरेको छ छिट्टै नै यो प्रस्तावलाई मन्त्रिपरिषद्ले निर्णय गरेर केन्द्र मातहतमा लिने तयारी गरिएको राज्यमन्त्री नवराज रावतले जानकारी दिए । गृहजिल्ला सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने सांसद समेत रहनुभएका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेश अस्पताललाई ढिलो चाडो केन्द्र सरकारको मातहतमा लिईने बताए । कोरोना महामारीलाई लिएर कर्णाली प्रदेश अस्पतालको समस्या कर्णालीको स्वास्थ्य अवस्था र जनगुनासाहरुलाई मध्यनजर गरेर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतसँग खगेन्द्र हमालले गरेकाे कुराकानीकाेः

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत

 


नेपालको स्वास्थ्य प्रणाली किन कम्जोर भयो यस बारेमा तपाईंको धारणा के छ?

नेपालको स्वास्थ्य प्रणाली स्वास्थ्य क्षेत्रको विकास पहिलेको भन्दा अहिले धेरै स्तर उन्नति भएको छ।२०७७ माघ ९ गते नेपालमा कोभिड (19) को पहिलो संक्रमीत देखा पर्यो हामिले पहिलो स्वावको परिक्षण हङकङमा गरेका थियौं । तपाई आफै बुझ्नुहोस नेपालको स्वास्थ्य प्रणाली त्यो अवस्थामा थियो।अहिले स्वाव परिक्षणको सन्दर्भमा देशका ८७ वटा स्थानमा हामिले स्वाव परिक्षण गरिरहेका छौ । ७५३ वटै तहमा ५ बेडका कोभिड अस्पतालको स्वास्थ्य संरचना तयार भएका छन । जहाँ डाक्टर,स्टाफ नर्स, कार्यलय सहयोगीको दरबन्दीको व्यवस्था गरिएको छ । नागरिकको उपचार, आईसियु, भ्यान्टिलेटर, अक्सिजन, स्वास्थ्य संरचना बिगतको भन्दा धेरै स्तरीय भएको छ । झण्डै दुई हजार भन्दा बढी आईसियु छन ।

स्थानीय तहसम्म सात हजार भन्दा बढी आईसोलेसनको व्यवस्थापन गरिएको छ । खुल्ला सिमामा होल्डिङ्ग सेन्टरको व्यवस्था गरि हेल्थ डेस्क स्थापना र एन्टिजन मार्फत बाहिरबाट आउनेहरुलाई परिक्षण गर्ने काम भइरहेको छ । स्वास्थ्य संरचना देखि लिएर यस्ता थुप्रै कार्यहरु कतिपय पूरा भएका छन भने कतिपय कार्यनयन तर्फ अधि बढेका छन।त्यसैगरी प्रत्येक प्रदेशमा एक एक वटा सुविधा सम्पन्न अस्पतालको व्यवस्थापन गर्ने गरि हामी अगाडि बढिरहेका छौ ।

 

स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा जाने बजेट पठाएको छ, तर कतिपय स्थानीय तहहरुले यो बजेटको सहि कार्यन्वयन गरेका छैनन यो बारेमा तपाईंको धारण के छ ?

स्वास्थ्य मन्त्रालय मार्फत स्थानीय तहमा जाने बजेट मन्त्रालयले पठाएको छ।स्वास्थ्य मन्त्रालयले उल्लेखित व्यवस्था गरेका नीति निर्माणहरुलाई प्रदेश र स्थानीय सरकारले कार्यनयन गर्न जरुरी छ । प्रदेश र स्थानीय तहलाई काम गर्न सजिलो होला भनेर स्वास्थ्य मन्त्रालयले कार्यबिधी निर्देशिका बनाएर पठाएको छ ।प्रदेश र स्थानीय तहको स्वास्थ्य क्षेत्रको स्तर उन्नति गर्नका लागि यसको परिपालना र कार्यनयन गर्न अति आवस्यक छ सबैले गर्नुपर्छ ।


स्वास्थ्य मन्त्रालयको कार्यबिधि र निर्देशिकाले काम नगरेको होकि जनप्रतिनिधि एवम् स्वास्थ्य क्षेत्रका जिम्मेवार ब्यक्तिले काम नगरेका हुन ? कर्णालीमा कोरोना संक्रमण प्रतिदीन बढिरहेको छ यो बारेमा के भन्नुहुन्छ ?

यसमा सबैभन्दा पहिला प्रदेश सरकार र स्थानीय तहको चासो हुनुपर्छ।मतहातका स्वास्थ्य क्षेत्रका जिम्मेवार ब्यक्तिले पनि कार्यबिधी तथा निर्देशिकाको कार्यनयन गर्नुपर्ने हुन्छ।यसले मात्रै यो महामारी नियन्त्रण नियन्त्रण नहुने भएकोले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डलाई पनि पालना गर्नुपर्छ।प्रदेशको, स्थानीय तहको स्वास्थ्य क्षेत्र कति बलियो छ त, यो महामारीका विरुद्धमा जनताको जिवनको रक्षा गर्न हामिसङ्ग भएका स्वास्थ्य सामाग्री,स्वास्थ्य संरचना, जनशक्तिले काम गर्न सक्छकी सक्दैन त्यसको समाधान तर्फ उन्मुख हुनु अति आवस्यक छ।त्यसमा तिनै तहका जनप्रतिनिधि जिम्मेवार बन्न जरुरी छ ।

प्रदेश र स्थानीय तहका अस्पतालहरु,हेल्थपोस्ट स्वास्थ्य चौकिहरुलाई सुविधा सम्पन्न सेवा प्रवाह गर्ने सेवामुलक सस्था कसरी बनाउन सकिन्छ त्यसतर्फ जनताबाट निर्बाचित जनप्रतिनिधि र स्वास्थ्य प्रमुखको प्रमुख दायित्व रहन्छ । यदि यो दायित्व पूरा गर्न सकिएन भने हाम्रो स्वास्थ्य प्रणाली कम्जोर हुन्छ ।स्वास्थ्य प्रणाली कम्जोर भयो, भने जनताले चाहे बमोजिमको स्वास्थ्य सेवा प्रवाह गर्न सकिँदैन त्यसैको कारण हो बर्तमान स्वास्थ्य प्रणालीको अवस्था । प्रदेश र स्थानीय सरकार मातहतका स्वास्थ्य संरचनाहरुलाई मजबुत बनाउने दायित्व जनप्रतिनिधिको हो।हरेक समस्यालाई केन्द्रसँग जोड्नु गलत हो । हामीले नीति निर्देशिका र बजेट दिने हो । संबैधानिक व्यवस्था अनुसार प्रदेश र स्थानीय सरकारले आफ्ना क्षेत्रअधिकार भित्रका संरचनाहरुलाई मजबुत बनाउनु पर्छ । बजेट कम भए बजेट उपलब्ध गराउने काम हाम्रो हो काम गर्नुहोस हामी हरेक हिसाबले साथ दिन्छौ, भन्दा पनि नीति निर्देशनलाई कार्यन्वयन नगर्दा आज कर्णाली बासिले स्वास्थ्य क्षेत्रबाट ठुलो धोका पाएका छन । बाहिरबाट आउनेहरुको व्यवस्थापन संक्रमितहरुको राम्रो हेरचाह स्वास्थ्य मापदण्डको नियमित पालना र स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन नगर्दा संक्रमितको संख्या बढ्दै गएको हो । यसको जिम्मेवार प्रदेश र स्थानीय सरकार हुनुपर्छ । यसबारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

 

कर्णालीमा कोरोना संक्रमण बढिरहेको छ, अक्सिजनको अभावमा नागरिकहरुले ज्यान गुमाउनु परेको छ, यस्तो विषम परिस्थितिमा राज्यमन्त्रीको ध्यानाकर्षण भएन भन्ने टिक्काटिप्पणी आलोचनाहरु आईरहेका छन खासमा के हो ?

कर्णाली प्रदेशका दशवटै जिल्ला जिल्लाका स्वास्थ्य संरचनाहरुलाई यो डेढ बर्ष भित्र स्वास्थ्य मन्त्रालयले करिव डेढ अर्व रुपैयाँ भन्दा बढी को स्वास्थ्य सामाग्री पठाईसकेको छ । कर्णाली प्रदेशमा हामीले बजेट पनि दिएका छौ।कुनै बेला सरुवा रोग अस्पताल काठमाडौको टेकुमा मात्रै थियो । अहिले हामिले सातैवटा प्रदेशमा सरुवा रोग अस्पतालको सिलन्यान्स गरेर काम अगाडि बढाएका छौं ।जसको लागत स्टिमेट ३२ करोडको रहेको छ।सातैवटा प्रदेशमा हामिले ८/८ करोड रुपैयाँ पठाएका छौ।कर्णाली प्रदेशमा बजेट पठाएको आठ महिना भैसक्यो कर्णाली प्रदेश सरकार समाजिक मन्त्रालयले अहिलेसम्म सिलन्यान्स कार्य गरेको छैन । त्यसैगरी हामिले कार्तिक ७ गते नेपालका बिज्ञहरुको सुझाव,डाक्टरहरुको सुझावका आधारमा प्रदेश र स्थानीय सरकारलाई स्वास्थ्य संरचनाहरुलाई अगाडि बढाउनुहोस,अक्सिजन प्लान्टहरुको निर्माण गर्नुहोस, सक्नुहुन्छ भने ५० जना जतिलाई उपचार गर्नेगरी एउटा तहमा ५० वटा अक्सिजन सिलिन्डर उत्पादन गर्न अक्सिजन प्लान्टको व्यवस्था गर्नुहोस मन्त्रालय बजेट दिन तयार छ, भनेका थियौं । त्यसपछि HDU स्थापनाका लागि हामीले पटकपटक निर्देशन गर्यौ केही ठाउँमा कार्यनयन भएको छ, भने कतिपय ठाउँमा कार्यनयन भएको छैन । लागू नभएका जिल्ला अस्पताल, प्रदेश अस्पतालहरुले तत्काल कार्यनयन गर्न जरुरी छ । त्यसको लागि स्वास्थ्य मन्त्रालयले बजेट पठाएको छ त्यसको कार्यनयन गरिनुपर्छ । केही दिन यता सामाजिक संजालमा राज्यमन्त्रीले यो महामारीको बेला केही पनि सहयोग गरेन भनेर जुन आरोप केही सिमित मान्छेहरुले लगाएका छन त्यो आरोप सरासर गलत हो । त्यसप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । स्वास्थ्य सामाग्रीको अभावमा कर्णाली प्रदेशमा ज्यान गुमाउने आम नागरिकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली एवंम परिवारजनहरुमा गहिरो संवेदना प्रकट गर्न चाहान्छु ।

महामारीको दौरानमा झण्डै डेढ अर्व बराबरको स्वास्थ्य सामाग्री हामिले कर्णाली प्रदेशमा पठायौं । ती स्वास्थ्य सामाग्रीहरुको सही तरिकाले सदुपयोग हुन पनि जरुरी छ।हामीले जेनेरेटर, सिलिन्डर लगायतका स्वास्थ्य सामाग्रीहरु निरन्तर पठाईरहेका छौ र अझै पठाउने क्रम जारी नै छ । जनतालाई माहामारीबाट बचाउनका लागि सुर्खेत प्रदेश अस्पतालमा भेन्टेलेटर, अक्सिजन प्लान्ट र अक्सिजन टयांक निमार्ण गर्न रु १२ करोड ८० लाख र HDU स्थापनाको लागि रु ६ करोड २५ लाख ४० हजार रुपैयाँ बजेट स्वीकृत भएर कार्यनयनको प्रक्रियामा अगाडि बढेको छ।बिचमा कर्णाली र लुम्बिनी प्रदेश बिचको केही समस्याका कारण अक्सिजनको अभाव भएको हो । त्यो समस्या अहिले हल भइसकेको छ । राज्यमन्त्री हराएको छैन म कर्णाली बासी आम नागरिकहरु प्रती पुर्ण जिम्मेवार छु।आज गाउँ बस्तिहरुमा कसैको उपस्थिति छ भने
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको उपस्थिती छ।यस विषम परिस्थितिमा खट्नुहुने सम्पुर्णलाई म सलुट गर्न चाहान्छु । संक्रमण बढेको छ, यसको नियन्त्रण तथा रोकथाम कसरी गर्न सकिन्छ, भन्ने बारेमा नेपाल सरकार लागि परेको छ । राज्यको सम्पुर्ण स्रोत साधान र जनशक्तिको परिचालन गरिएको छ । आम नागरिकका सकारात्मक सुझावहरुलाई हामी ग्रहण गर्न तयार छौ।

 

कोभिड उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरुलाई तपाई के सुझाव दिन चाहानुहुन्छ?

स्वास्थ्य कर्मिहरु तपाईहरु अठोट भावनाका साथ जनताप्रति उतरदायी भएर आफ्नो कर्तव्य पुरा गर्नुहोस, सरकार तपाईहरुको संरक्षण अभिभावकका रुपमा हामी छौ, नेपाल सरकार स्वास्थ्य मन्त्रालय छ । दृढताका साथ यो कोरोनालाई पराजित गर्नका निम्ति तपाईहरु जसरी रात दिन नभनी खटिरहनु भएको छ सरकार तपाईहरुको साथमा छ । तपाईहरुलाई हामिले प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौं । स्वास्थ्य बिमाको व्यवस्था गरेका छौ।दुर्घटना या अन्य कुनै आकस्मिक घटना घटेमा २५ लाख रुपैयाँ दिने व्यवस्था गरेका छौं । तपाईहरुले बनाएका संरचनाका बिलहरु पठाउनुहोस हामी भुक्तानी दिन तयार छौं ।

कर्णालीका नागरिकहरुका गुनासा,संक्रमितहरुका गुनासाहरु हुन सक्छन त्यसलाई सम्बोधन गर्ने गरि तपाईहरु लागि पर्नुहोस।स्वास्थ्य क्रमिहरु भनेका भगवान हुन, जनता भनेका भगवान हुन, ईश्वरलाई बचाउने, जिवनको रक्षा गर्ने यो सरकारको दायित्व हो । त्यसैले कर्णालीमा अब स्वास्थ्य सामाग्रीहरुको अभाव हुन दिईने छैन । हामी त्यो अभियानमा जुटेका छौं । कर्णाली लगायत देशका ७७ वटै जिल्लाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै तत्काल स्वास्थ्य मन्त्रालयबाट चालिनुपर्ने कदमहरु हामीले अघि बढाएका छौं । कर्णालीमा दश हजार एन्टिजन पठाउदै छौं । अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्रीहरुपनी हामी पठाउने छौं । राज्यको सम्पुर्ण जनशक्ति स्रोत साधन र सिङ्गो संयन्त्र यो महामारीको विरुद्धमा जुटेको छ । यसलाई सफल पार्न आम नागरिकहरुले पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्डहरुको पालना गरि सहयोग गरिदिन हुन म सबैलाई विनम्र अनुरोध ब्यक्त गर्दछु ।


कर्णाली प्रदेश अस्पताललाई केन्द्र सरकारले आफ्नो मातहतमा लिने निर्णय गरेको छ, कतिपयले त यो निर्णय संघीयता बिरोधि हो भनेर टिप्पणी पनि गरेका छन्, यसबारे तपाईं के भन्नुहुन्छ ?

यो कसरी संघीयता बिरोधि कार्य हुन सक्छ ? संघीयता भनेकै नेपाली जनताको हक अधिकारको ग्यारेन्टी दिनु हो । जब हामिले जनताले पाउनुपर्ने हक अधिकारलाई नै कुण्ठित पार्छौं, भने त्यो संघीयताको के अर्थ रहन्छ ? हिजो पन्चायती व्यवस्थामा अस्पतालको जुन अवस्था थियो अहिले पनि त्यही अवस्थामा छ । कतिपय भइरहेकै सेवा सुविधाहरु सञ्चालन हुन नसक्ने अवस्थामा छन ।हामीले पुरानो व्यवस्था पुरानो सिस्टममा काम गर्न सकेन भनेर व्यवस्था परिवर्तन गर्यौ, संविधान जारी गर्यौ संबैधानिक व्यवस्था अन्तर्गत तीन तहका सरकारको क्षेत्र अधिकारको व्यवस्था गर्यौ यो सबै पुरानोलाई केही नयाँमा रुपान्तरण गर्दै राज्यका हरेक क्षेत्रलाई मजबुत बनाउदै परिवर्तनको बाटोमा जाने हाम्रो दृढ संकल्प हो ।

संघीयतापछि पनि कर्णालीका विरामीहरु अन्य प्रदेश वा राजधानीमा जानुपर्ने अवस्था छ त्यसको अन्त प्रदेश र स्थानीय सरकारले गर्नुपर्थ्यो यो सब नगरेका कारण हामिले यो एक्सन चालेका हौ यसलाई कसरी संघीयता विरोधी कार्य भन्न मिल्छ ? यसमा झन खुशी हुनुपर्ने कुरा हो । यो सब प्रदेश सरकारले काम गरिदिएको भए हामिले टाउको दुखाउनु पर्ने कुनै कारण थिएन । जेठ ३ गते बसेको स्वास्थ्य आपतकालिन व्यवस्थापन कार्यसञ्चालन समितिको बैठकले सुर्खेतस्थित प्रदेश अस्पताललाई केन्द्र सरकारको मातहतमा ल्याउन मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय भएको छ । अबको केहि हप्ताभित्र अस्पताल केन्द्र सरकार मातहतमा आउँछ।प्रदेश स्तरीय अस्पताललाई प्रदेश सरकारले स्वास्थ्य चौकी चलाए जस्तो गर्यो । कर्णाली प्रदेश सरकारले नेतृत्व गरेको तीन बर्ष बित्दा पनि अहिलेसम्म यो अस्पतालको कुनै पनि स्तर उन्नति हुन सकेन । कोरोना महामारीले कर्णाली प्रदेश भयावह स्थिति भएको अवस्थामा प्रदेश सरकारले प्रदेश अस्पताललाई विरामी भर्ना गर्न नसक्ने वातावरण बनायो त्यसकारण प्रधानमन्त्रीले यो बारेमा चासो राख्नुभएको हो ।

जनताको जिवनको रक्षा गर्ने बेलामा नयाँ बिरामीहरुलाई हामी उपचार गर्न सक्दैनौ जस्तो अवस्थामा पुगेपछि हामीले केन्द्र सरकारको मातहतमा लैजाने निर्णय गरेका हौं । यो कुनै राजनीति होइन । मैले गत कात्तिक ७ गते नै अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन निर्देशन दिएको थिए । तर प्रदेश सरकारका कारण आज विरामीले अक्सिजन नपाउने अवस्था आएको हो ।अब यो समस्याको व्यवस्थापन गरि केन्द्र सरकारले कर्णालीबाट विरामीहरु नेपालगञ्ज वा काठमाडौँ रिफर गर्नुपर्ने बाध्यतालाई सदाका निम्ति अन्त्य गर्नेगरी प्रक्रिया अगाडि बढाउछ ।

Ad

सम्बन्धित समाचारहरु

कृषक सीता नेपालीसँग साहित्यका कुरा : 'पुस्तक प्रकाशन गर्ने इच्छा'

साहित्यमा अति नै रुचि राख्ने सीता नेपाली ललितपुर जिल्ला गोदावरी नगरपालिका १ बस्छिन । कृषि पेशा अगाँलेर जीविकोपार्जन गर्दै आएकी नेपालीले साहित्यका विभिन्न विद्यामा कलम चलाईरहेकी छन । उनले विशेष गरेर गजल, कविता, मुक्तक, गीत, हाईकु, बाछिटा, गेडी, तियालीजस्ता रचनाहरुमर्फत समाजलाई झकझक्याई रहेकी छन । नेपालीकाे साहित्यकाे पेरिफेरीमा रहेर दर्पण दैनिकका लागि गिरएकाे कुराकानीः

फोटोग्राफीमा वेडिङ विधा नै रोज्नुको कारण के हो ? (भिडियो अन्र्तवार्ता)

फोटोग्राफीको क्षेत्रमा पछिल्लो समय निकै चर्चित नाम फोटो पसलले फोटोग्रफीलाई अझैं राम्रो व्याावसायिक बनाउन सहयोग गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा फोटो सम्बन्धी बहस छलफल गर्दै आइरहेको छ । फाेटाेग्राफीमा नविनतम परिवर्तनका लागी सन् 1983 Aug 27th जन्मिएका फाेटाेग्राफर जसलाइ हामीले व्यवसायीक रूपमा नेपाली विवाह फाेटाेग्राफिमा नविनतम साेच ल्याउन सफल फाेटाेग्राफरकाे रूपमा चिनेका छाै । उनी शुरूका दिनमा Channel Nepal Television आफ्नो व्यवसायीक फाेटाेग्राफि गर्दै अहिले Wedding Diary Nepal का Founder, ECS Media मा Fromer Photographer रहेर काम गरि रहेका छन । व्यवसायीक विवाह फाेटाेग्राफिमा धेरै फाेटाेग्राफर उत्पादन गर्न सफल एवं धेरैलाइ स्वराेजगारि दिन सफल फाेटाेग्राफर सह्नावाज मुहमद Shahnawaz Mohammad सँग फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले गरेको कुराकानीः

Ad

प्रतिक्रिया दिनुहोस

Ad