# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाली फुटबल टोली इराक जाँदै

नेपाली फुटबल टोली इराक जाँदै

काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका थिए । यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । इराक उड्नुअघि नेपाली टोलीको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनीज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ । – रासस

Ad

सम्बन्धित समाचारहरु

आजबाट ५ दिन मनाईदैं ओलम्पिक डे, खेलकुद मन्त्री गरे उद्घाटन

काठमाडाैं । आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad