# भर्खरै
Namaste Icon
Ad
Ad

नागरिकता सम्बन्धी अध्यादेशको परिणाम फिजिको भन्दा लाखौं गुणा भयावह हुन सक्छ !

नागरिकता सम्बन्धी अध्यादेशको परिणाम फिजिको भन्दा लाखौं गुणा भयावह हुन सक्छ !
रामप्रसाद रिजाल

फिजिमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मुलका नागरिकहरुलाई नागरिकता दिने निर्णय गरियो सन १९८७ देखि १९९० सम्म फिजि राष्ट्र संविधान बिहिन अवस्थामा रहयो यही संक्रमणकालको फाईदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतीय मुलका नागरिक हरुलाई नागरिकता दिनुपर्नै दबाव सृजना गर्यो । जस अनुसार फिजिमा जन्मेका जुनसुकै भारतीय नागरिकले नागरिकता पाउन सक्ने फिजिको संविधान को धारा २० मा व्यवस्था गरियो ।

सन् १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतीय हरु सन् १९९६ सम्म आईपुग्दा ३ लाख ३९ हजार पुगे । नकक्ली नागरिकता को आडमा भारतीय नागरिक महेन्द्र चौंधरीले फिजिको चुनाव लडे र ७१ सिट रहेको फिजिको संसदीय चुनावमा ३७ सिट भारतीय मुलकाले जितेर भारतीय नागरिक महेन्द्र चौधरी फिजिको प्रधानमंत्री बने । ३ लाख ३९ हजार जनाले नागरिकता लिदा यो स्थिति आयो भने १ करोड ६० लाख भारतीयले नेपाली नागरिकता लिदा कस्तो अवस्थामा पुगिएला हामी नेपाली ?

आज विधा र ओलीले जारी गरेको अध्यादेशमा नेपालमै जन्मेका भारतीयले मात्र नभएर भारतीय नागरिक संग विवाह गरी नेपाली महिलाबाट जन्मेका सबै सन्तान ले वंशजको आधारमा नागरिकता पाउने व्यवस्था छ । शान्त सरल मनले सोचौ के हाम्रो राष्ट्रीयता भन्दा माथि विधा ओली हुन ? के ओली र ओली लाईनका नेता-कार्यकर्ता बाहेकले नेपाल चल्दैन ? के हामीलाई सत्ता र शक्ति को चाकरी गरेर मात्र जीवन धान्ने बानी परेको हो ? के हाम्रो औकात नेता को हक्के चिलिमे र फेसबुके दरबान जत्तिकै हो ? आज प्रधानमंत्रीको उक्साहट र लहलहैमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश को अर्थ फिजिको भन्दा लाखौं गुणा भयावह छ !

रामप्रसाद रिजाल, नेकपा एमाले माधव समुहका नेता हुन ।

 

Ad

सम्बन्धित समाचारहरु

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मुसो जस्तो प्रजातिबाट शुरूवात भएर आज करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ । २लाख ४०बर्ष अगाडि अस्तित्वमा देखापरे मानव आज यसरी सारा पृथ्वी माथि शासन गरेको छ । बौद्धिकता, आविष्कार र स्वयम शारीरिक सुन्दरतामा पनि आमूल परिवर्तन देखिएको छ तर प्रारम्भिक चरण भन्दा मान्छे झन् खुशी गुमेका छन् ।

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

निरु आचार्य 'नवरश्मी' पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad