# भर्खरै
Namaste Icon
Ad
Ad

‘प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक प्रतिगामी कदम बिरुद्ध जुटौं’

‘प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक प्रतिगामी कदम बिरुद्ध जुटौं’
रामप्रसाद रिजाल

नेपालको संविधान को धारा ७६ को उपधारा ५ नेपाली मोडेलको प्रावधान हो जसले प्रतिनिधि सभा को आयु जोगाउन अक्सिजन आइसीयू वा भेन्टिलेटरको रुपमा काम गरेको हुन्छ । संविधान को धारा ७६ को उपधारा १ देखि ३ सम्मको प्रावधान अनुसार वा तीनै प्रकारको विकल्प हरु बाट पनि राजनैतिक दलहरुले सरकार बनाउन नसकेमा प्रतिनिधि सभा भंग गर्ने की अन्य विकल्प राख्ने भन्ने विषयमा छलफल हुदां प्रतिनिधि सभा को कार्यकाल छोटो अवधिमा सके समाप्त नगरौ र बरु सबैले पत्याएको कुनै एक सदस्य को खोजी गर्नै की भन्ने मान्यताका साथ उपधारा ५ को नेपाल मोडेलको विकास भएको हो ।

यो मोडेलमा जनता को मतलाई समेत सम्मान गर्दै दलीय सोच भन्दा माथि उठ्ने सोच देखियो जुन संविधान को उपधारा ५ को अक्षर भावना र सांसद हरुको विधायिका मनसायमा रुपान्तरित हुन पुग्यो ।यो उपधारा ५ दलहरुलाई मात्र होइन सार्वभौमसत्ता सम्पन्न नागरिकको मताधिकारलाई समेत उच्च सम्मान गरेको देखिने गरी संविधानमा लिपिबद्ध गरिएको हो । त्यसैले माथिको तेस्रो विकल्प को रूपमा देखिएको उपधारा ३ बमोजिमको सरकारले पनि विश्वास को मत प्राप्त गर्न नसकेमा दलहरु मध्येको कुनै सदस्यले प्रतिनिधि सभा मा विश्वास को मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपति द्वारा त्यस्तो सदस्य लाई प्रधानमंत्री नियुक्ति गरिन्छ । यो उपधारा ५ को सदस्य लाई उपधारा २ मा जस्तो २ वा २ भन्दा बढी दलहरुको समर्थन चाहिन्छ भन्ने भाषा राखिए को छैन यो नराख्नुको कारण दलीय सोच भन्दा माथि उठेर खोजी गरिएको प्रावधान हो ।

जहां बहुमत सदस्य हरुको सामूहिक अठोटलाई सम्मान गरेको र प्रतिनिधि सभा जोगाउन आइसियूको प्रवन्ध गरेको हो । यस धारा ७६ को अन्य उपधाराहरू मा दलहरूलाई फोकस गरेको देखिन्छ भने यस उपधारणा ५ मा दलको निर्देशन भन्दा जनता को मत र सदस्य हरूको विवेक लाईं बढी अग्राधिकार दिएको पाईन्छ ।

त्यसकारण प्रतिनिधि सभा विघटन गर्नु भन्नेको संविधानको धज्जी उडाउनु र यसको हत्या गर्नु भएकोले यो प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा जानीजानी गरिएको कु हो । यसको विरुद्ध हामी सबै जना आ–आफ्नो ठाँउबाट लडेर प्धानमन्त्री र राष्ट्रपतिको असंवैधानिक तथा नैतिकहीन प्रतिगामी कदम परास्त गरेर दुबैलाई उनीहरुको कुर्सीबाट घिसारेर सडकमा ल्याउनुपर्छ।

रामप्रसाद रिजाल नेकपा एमालेका नेता हुन ।

Ad

सम्बन्धित समाचारहरु

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मुसो जस्तो प्रजातिबाट शुरूवात भएर आज करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ । २लाख ४०बर्ष अगाडि अस्तित्वमा देखापरे मानव आज यसरी सारा पृथ्वी माथि शासन गरेको छ । बौद्धिकता, आविष्कार र स्वयम शारीरिक सुन्दरतामा पनि आमूल परिवर्तन देखिएको छ तर प्रारम्भिक चरण भन्दा मान्छे झन् खुशी गुमेका छन् ।

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

निरु आचार्य 'नवरश्मी' पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad