# भर्खरै
Namaste Icon
Ad
Ad

व्यवसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

व्यवसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

लक्ष्मण विसी, बैतडी । मकै र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका चिन्तामणी भट्ट पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गालेका छन । बैतडीको मेलौली नगरपालिका–६ का भट्ट विगत आठ वर्षदेखि अन्नबाली छाडेर तरकारीखेती गर्दै आएका हुन । उनले उत्पादन गरेको तरकारी स्थानीय बजार हरुमा खपत हुनेगरेको बतए ।

‘मैले उत्पादन गरेको तरकारी स्थानिय बजार पुग्छ,’ उनले भने । हाल उनले बारीमा गोलभेँडा टमाटर,प्याज, लसुन,भेडे खुर्सानी, गाजर, मुला मात्रै फलाएका छन । उनले तरकारी खेतीसँगै स्थानीय जातका कुखुरापालन गरेर मनग्य आम्दानी गरेको बताए ।

‘तरकारीखेतीबाट वार्षिक रु एक लाखभन्दा बढी आम्दानी हुन्छ,’ भट्टले भने । बाह्रैमास तरकारी उत्पादन हुने भट्टले बताए । तरकारीखेती सुरु गरेका भट्टलाई अहिले कारोना कहरका बीच तरकारी बिक्री गर्न समस्या समस्या भएको छ ।

‘उचित समयमा बीउबिजन पाउन समस्या छ,’ भट्टले भने । तरकारीखेतीका लागि विभिन्न कृषिविज्ञसित परामर्श गर्ने गरेको उनको भनाइ छ । मेलौली नगरपालका वडा न —६को कार्यालयले समेत तरकारी उत्पादनका लागि सामग्री उपलब्ध गराउँदै आएको छ । धान, गहुँभन्दा तरकारीखेतीमै श्रम गरे बिदेशिनु नपर्ने भट्टले बताए । सरकारले तरकारीखेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउँदै आएका किसानलाई आवश्यक सहयोग गर्नुपर्ने उनको माग छ ।

Ad

सम्बन्धित समाचारहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउलाई पाते च्याउ पनि भनिन्छ। यसलाई अङ्ग्रेजीमा ओयेस्टर मशरुम भनिन्छ । उत्पादनको हिसाबले यो च्याउ विश्वमा तेस्रो स्थानमा पर्छ । यो तरकारीको रूपमा खाने औषधिय च्याउ हो। कन्ये च्याउको खेती प्रबिधि १९१७ देखि जर्मनीबाट आविष्कार भएको हो ।

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

काठमाडाैं । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निणर्य गरेकाे छ । बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad