Namaste Icon
Ad
Ad

कृषक सीता नेपालीसँग साहित्यका कुरा : 'पुस्तक प्रकाशन गर्ने इच्छा'

कृषक सीता नेपालीसँग साहित्यका कुरा : 'पुस्तक प्रकाशन गर्ने इच्छा'
सीता नेपाली

साहित्यमा अति नै रुचि राख्ने सीता नेपाली ललितपुर जिल्ला गोदावरी नगरपालिका १ बस्छिन । कृषि पेशा अगाँलेर जीविकोपार्जन गर्दै आएकी नेपालीले साहित्यका विभिन्न विद्यामा कलम चलाईरहेकी छन । उनले विशेष गरेर गजल, कविता, मुक्तक, गीत, हाईकु, बाछिटा, गेडी, तियालीजस्ता रचनाहरुमर्फत समाजलाई झकझक्याई रहेकी छन । नेपालीकाे साहित्यकाे पेरिफेरीमा रहेर दर्पण दैनिकका लागि गिरएकाे कुराकानीः

 


तपाईंको बुझाईमा साहित्य भनेको के रहेछ ?

‌साहित्य भनेको समाजको ऐना हो । जसमा समाजका विकृती, विसंगती, रसरंग, खुसी, सुखदुख, मिलन बिछोड, हरेक कुरालाइ विभिन्न विद्यामा ढालेर सिर्जना गरिन्छ । समाज रुपान्तरणमा यसको भुमिका महत्त्वपूर्ण रहेको पाइन्छ ।

 

साहित्यका विभिन्न विद्याहरुमध्ये तपाईं कुन विद्यामा कलम चलाउनुहुन्छ ?
म विभिन्न विद्यामा कलम चलाउछु । जस्तैः हाइकु, सेन्यु, कटौता, मनोबाद, गजल, कविता, मुक्तक, गित, बाछिटा, गेडि, तियाली आदि ।

सीता नेपाली

 

 

किन यही विद्यालाई रोज्नु भयो ?
म सानै देखि लेख्थें बाचन गर्थेँ । मलाइ यो क्षेत्र अति मन पर्छ । गजल चाहिँ अलि पछि नै लेख्न थालेकी हुँ । छन होला लगभग एक दर्जन जति । पुस्तक चाहिँ प्रकाशित गरेकी छैन । पछि प्रकाशन गर्ने सोचमा छु ।


अन्य क्षेत्रभन्दा साहित्य क्षेत्र पछाडी पर्नुको कारण केके हुन सक्छन् ?
साहित्य क्षेत्र पछाडि पर्नुको कारण राज्यस्तरबाट नहेरिनु हो । कुनाकाप्चामा लुकेका प्रतिभाको खोजी नगर्नु हो ।


साहित्य क्षेत्रमा लाग्ने व्यक्तिलाई के सल्लाह दिनुहुन्छ ?
आफ्नो मन परेको विद्यामा सशक्त कलम चलाउनुस् । साहित्यबाट समाजलाई हामीले धेरै चेतना दिन सक्छौँ । परिवार, समाज अनि राष्ट्रलाई बदल्न साहित्यको भुमिका अपरिहार्य छ ।

Ad

सम्बन्धित समाचारहरु

गीत तथा गजल लेखनमा पनि उत्तिकै माहिर मोडल सन्ध्या सानु

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ साविकको बाम्ती भण्डार गाविस वडा ५ की सन्ध्या सानु विगत केही समययता कलाकारिता क्षेत्रमा संघर्षरत प्रतिभा हुन । कला र साहित्यमा रुचि राख्ने सन्ध्या अहिले भने मोडलिङ क्षेत्रमा व्यस्त छिन् । २०७२ सालबाट निरन्तर यस क्षेत्रमा लागिरहेकी उनी गीत लेखन र गजल लेखनमा पनि उत्तिकै माहिर छिन । अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत सन्ध्याले मोडलिङ मात्रै गरेकी छैनन, उनले गीत पनि गाएकी छन । उनै मोडल तथा कलाकार सन्ध्या सानुसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

जनतालाई प्रलोभनमा पारी नियम विपरीत काम गर्नेलाई छाडिन्न : उद्ववप्रसाद खरेल

केशर विश्वकर्मा, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्ववप्रसाद खरेलले आफ्नो नगरपालिकाभित्र कसैको दबाब र प्रभावमा परेर नियम विपरीत अहिलेसम्म कुनै पनि काम नगरेको बताएका छन् । उनले भने जनतासँग कुनै पनि लाभ लिएर होस या यो वा त्यो बहानामा अतिरिक्त रकम लिएर हामी काम गर्दैनौं । यस नगरपालिकाका कोही पनि जनप्रतिनिधिहरुले जनतासँग फाइदा लिएर काम गरे भने त्यो अपराध हो । त्यस्तालाई हामी सडकमा ल्याएर जनताले देख्ने गरी पछार्छौँ र कानुनी कार्बाही गर्छौं । कुनै पनि व्यक्ति, ठाउँ, नगर, शहर होस या राष्ट्रलाई हेर्ने धारणा सकारात्मक छ भने सबै चिज राम्रो हुने बताउँदै प्रमुख खरेलले थपे यस नगरपालिकामा कुनै प्रकारकाे भ्रष्टाचार भएको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस