# भर्खरै
Namaste Icon
Ad
Ad

५९५ रुपैयाँमा स्मार्टको ६० जिबी डाटा प्याक

५९५ रुपैयाँमा स्मार्टको ६० जिबी डाटा प्याक

काठमाडौं । स्मार्ट टेलिकमले ५९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ। निषेधाज्ञाका समयमा ग्राहकको जीवनलाई थप सरल र सस्तो बनाउने उद्देश्यले सो प्याकेज हरेक दिन दुई घण्टाका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ।

स्मार्ट ग्राहकहरुले एकपटक प्याक खरिद गरे पश्चात, ३० दिनको डाटा नसकेसम्म फेरि पटक पटक सो प्याकेज खरिद गर्न सक्ने छैन। हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको छ।

डाटा खरिद गर्न स्माार्ट ग्राहकहरुले *141*3*5*1# डायल गर्नु पर्नेछ । ग्राहकहरुले थप जानकारीको लागि स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज facebook/smartcellnepal लग इन गर्न सक्नु हुनेछ ।

स्मार्ट ग्राहकहरुले स्मार्ट वेजपेज वा इ–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आइपिएस,इनेटपे, पेप्वाइन्ट नेपाल) मार्फत लकडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छन् ।

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा थपियाे नयाँ फिचर

टिकटकमा थपियाे नयाँ फिचर

काठमाडौं । चिनियाँ भिडियो एप टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ । १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ । संसारभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

काठमाडाैं । नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, मोबाइलमा पनि इन्टरनेट नारासहित एफटिटिएच डबल मज्जा अफर ल्याइएको हो । यस अफर अन्तर्गत वार्षिक १३ हजार रूपैयाँमा २० एमबीपीएस वा सोभन्दा बढीको एफटिटिएच सेवा लिई आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डेटा निःशुल्कपाउन सकिने छ । एफटिटिएच सेवा लिँदा राउटर निःशुल्क पाइने छ भने १०० मिटर ड्रप फाइबर पनि निःशुल्क पाइने छ । मोबाइलमा निःशुल्क डेटा पाउन एफटिटिएचको सेवा लिँदा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्नुपर्ने हुन्छ । टेलिकमको यो योजना आउँदो असारसम्म मात्रै लागु हुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad