# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाल आज इराकसँग भिड्दै

नेपाल आज इराकसँग भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज, (शनिवार) इराकसगं मैत्रीपूर्ण खेल खेल्दै छ। इराकको ‘बास्रा’ सहरमा दुई टोली बिचको खेल नेपाली समय अनुसार राति १०स्१५ बजे ‘अल्फायदा स्टेडियम’मा खेलिने छ। सन् २००१ पछि पहिलो पटक यी दुई राष्ट्र भिड्दा फिफा वरियतामा नेपाल भन्दा इराक १०३ स्थान माथि रहेको छ। १७१औं स्थानमा नेपाल रहेको छ भने इराक ६८औं स्थानमा बलियो रहेको छ।

सन् २०२२ विश्वकप फुटबलको छनोट खेल तथा एसिया कप छनोटका लागि कुवेत प्रस्थान गर्न लागेको नेपाली टोलीले पहिले इराकसँग एक मैत्रीपूर्ण खेल खेल्न लागेको हो। उता इराक पनि विश्वकप छनोट तथा एसिया कप छनोटका खेल खेल्न गइरहेको छ। नेपाल र इराक बिच यो चौथौं भेट हो। यस अघिका ३ वटै खेल इराकको पक्षमा गएको छ। तीन खेलमा इराकले नेपालविरुद्ध कुल १६ गोल गर्न सफल भएको छ भने नेपालले जवाफमा मात्र ३ गोल फर्काएको छ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस पटक टोलीमा अप्रत्याशित परिवर्तनहरु गरेका छन्। अधिकतम खेलाडीहरु युवा वर्गका रहेको नेपाली टोलीबाट यस पटक एट्याकिङ फुटबलको अपेक्षा गर्न सकिने उनको भनाइ छ। तर इराकविरुद्धको खेल नेपाललाई निकै नै चुनौतीपूर्ण रहनेछ। विश्वकप छनोटको समूह ‘सी’ मा रहेको इराक ५ खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ। उसलाई पछ्याउँदै बहराइन, ईरान, हङकङ र कम्बोडिया क्रमशः दोस्रो, तेस्रो, चौथौं र पाँचौं स्थानमा रहेका छन्।

यता नेपाल भने आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा रहेको छ। समूह ‘बी’ को शीर्ष स्थानमा अस्ट्रेलिया, दोस्रो स्थानमा कुवेत, तेस्रो स्थानमा जोर्डन रहेका छन्। यस समूहको अन्तिम स्थानमा भने चाइनिज ताइपेइ रहेको छ। नेपालको सन् २०२२ विश्वकप खेल्ने सम्भावना एकदमै कम रहेपनि न्यून भने छैन। यस्तै एसिया कप छनोटमा उत्तीर्ण हुने सम्भावना पनि जीवित नै छ। नेपालले आउँदो ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ। यी सबै खेल कुवेतमा खेलिने छन्।

Ad

सम्बन्धित समाचारहरु

आजबाट ५ दिन मनाईदैं ओलम्पिक डे, खेलकुद मन्त्री गरे उद्घाटन

काठमाडाैं । आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad