# भर्खरै
Namaste Icon
Ad
Ad

के दिउँ शुभकामना गणतन्त्र दिवसको भनेर !

के दिउँ शुभकामना गणतन्त्र दिवसको भनेर !

मिठाराम केसी

के दिउँ शुभकामना गणतन्त्र दिवसको भनेर
बस्नु छ सधैं दुखका दिन र रात गनेर

रातको तारा मलिन पार्यो बिहानीपखको लालीले
त्यही लालीभित्र सपारे बाली, भ्रष्ट लुटेरा जालीले

के दिउँ शुभकामना गणतन्त्र दिवसको भनेर
बस्नु छ आफ्नै स्वाभिमान बन्धकको साक्षी बनेर

ब्युँतिने हो कि मसानको अस्तु स्याल गिद्ध साह्रै करायो
तेह्र वर्षको त्यो लुरे बालक सिंहदरबारमै हरायो

के दिउँ शुभकामना गणतन्त्र दिवसको भनेर
बस्नुछ महामारीले ढालेका लास गनेर

सहिदका सपना साकार भन्ने शब्दका हरफ मेटिए
झुप्रोको भाग्य कोरिने ठाउँमा महलका मालिक भेटिए

के दिउँ शुभकामना गणतन्त्र दिवसको भनेर
जनजनको मनमा गणतन्त्र छाओस सुन्दर भविष्य बनेर

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad