# भर्खरै
Namaste Icon
Ad
Ad

मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित

मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित

काठमाडाैं । नेपाल मैत्रीपूर्ण फुटबलमा इराकसँग ६–२ गोलअन्तरले पराजित भएको छ । शनिबार राति इराकको बसरामा सम्पन्न खेलमा नेपाल इराकसँग पराजित बनेको हो । खेलको सातौं मिनेटमा इराकका कप्तान अली अब्दुल जहर खासिनले गोल गर्दै अग्रता लिए । तर, त्यसको एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो ।

यसैगरी ३० औं मिनेटमा मनिष डाँगीको गोलमा नेपालले अग्रता लिएपनि ४० औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। लगत्तै इराकले अर्को गोल थपेपछि नेपाल पहिलो हाफमा ३–२ को अवस्थामा पुग्यो । यस्तै पहिलो हाफको इन्जुरी समयमा इराकले अर्को गोल थपेपछि नेपाल दुई गोलले पछि पर्यो ।

यस्तै दोस्रो हाफमा नेपालले खेलमा फर्किन भरपूर प्रयास गरेपनि सफल भएन बरु थप दुई गोल खायो । नेपालले ६८ र ७४ औं मिनेटमा गोल खाएको हो। नेपालले कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।

Ad

सम्बन्धित समाचारहरु

आजबाट ५ दिन मनाईदैं ओलम्पिक डे, खेलकुद मन्त्री गरे उद्घाटन

काठमाडाैं । आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad