# भर्खरै
Namaste Icon
Ad
Ad

बेलायतका प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी प्रेमिकासँग विवाह

बेलायतका प्रधानमन्त्रीले गरे २३ वर्ष कान्छी प्रेमिकासँग विवाह

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले 'गुपचुप' विवाह गरेका छन्। ब्रिटिस अखबारहरूले जनाएअनुसार ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेका हुन्।

वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ। बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ।

जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन । विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो ।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए । उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् ।जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

भारतकाे उत्तर प्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । भारतीय प्रहरीका आईजी मोहित अग्रवालले तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी सामाचार एजेन्सी एएनआईले जनाएको छ ।

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad