# भर्खरै
Namaste Icon
Ad
Ad

फाेटाे पसलकाे आयाेजनामा निशुल्क अनलाइन भर्चुअल वर्कसप सम्पन्न

फाेटाे पसलकाे आयाेजनामा निशुल्क अनलाइन भर्चुअल वर्कसप सम्पन्न

काठमाडाैं । निषेधाज्ञाकाे समयमा व्यावसायीक फाेटाेग्राफर तथा फाेटाे प्रेमीलाइ ध्यानमा राखेर गरेकाे फाेटाे पसलले अनलाइन भर्चुअल निशुल्क Lighting & Posing online photography workshop कक्षा सम्पन्न गरेकाे छ । बैशाख २६ गते देखि सुरू भएकाे उक्त कार्यक्रम जेष्ठ १५ गते सम्पन्न भएकाे हाे । कार्यक्रममा पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका १२० जनाकाे प्रत्यक्ष सहभागीता रहेकाे थियाे । कार्यक्रमलाइ फाेटाे पसलकाे युट्युब तथा फेसबुक पेजबाट लाइभ गरिउकाे थियाे । कार्यक्रम (कक्षा) मा शिक्षक एवं प्रशिक्षककाे भुमिकामा वरिष्ठ फाेटाेग्राफर याेगेन्द्रजंग बस्नेत थिए । कार्यक्रमकाे प्रायाेजक वैष्णवी कलर ल्याव धापासी, www.weddingkathmandu.com,Timber Craft Pvt. Ltd र फाेटाे प्रिन्ट नेपाल रहेकाे थियाे । कार्यक्रमबाट धेरै नयाँ तथा पुरानाे फाेटाेग्राफरले फाइदा लिएकाे बताइएकाे छ ।

प्रशिक्षक एवं वरिष्ठ फाेटाेग्राफर याेगेन्द्रजंग बस्नेतले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (CTEVT) काे प्रशिक्षक मात्र नभएर उनले फाेटाेग्राफी सम्वन्धी काेर्ष अफ स्टडि बनाउन समेत महत्वपुर्ण याेगदान गरिसकेका छन । बिगत लामाे समयदेखि नेपाली फाेटाेग्राफरहरूकाे व्यावसायीक धार परिवर्तन गराउन लागिरहेकाे फाेटाे पसलले गत लकडाउनमा पनि स्वराेजगार मुलक फाेटाेग्राफिक कक्षा संञ्चालन गरेर धेरै वेराेजगार बसेकालाइ स्वराेजगारकाे बाटाे खुलाएकाे थियाे । फाेटाेग्राफरलाइ उत्साहित बनाउन विश्वमा बढदै गएकाे काेभिड संक्रमणकाे बारेमा जनचेतना बढाउन तथा फाेटाेप्रत्रकार, सुरक्षाकर्मी, डाक्टर नर्सहरूकाे याेगदान बुझाउन काेभिड १९ फाेटाे प्रतियाेगिता समेत गरेकाे थियाे ।

फाेटाे पसलकाे प्रवन्ध निर्देशक एवं फाेटाेग्राफर बिक्रम न्याैपानेले फाेटाे पसलले आगामी गरेकाे १८२औं विश्व फाेटाे दिवसलाइ ध्यानमा राखेर वरिष्ठ ल्याव टेक्निसियन तथा फाेटाेपसलका डाइरेक्टर हरिबहादुर पाण्डेकाे संयाेजकत्वमा युगल फाेटाे प्रतियाेगिता २०२१ अर्थात Couple Portrait Photography Competition-2021 समेत गर्न लागिरहेकाे जानकारि गराए ।

उनले भने, 'फाेटाे पसलले नेपालमा फाेटाेग्राफीकाे क्षेत्रमा क्रान्ति नै गर्ने छ, यसले फाेटाेग्राफरलाइ व्यवसायीक सीप मात्र नभएर, व्यापार गर्ने कला पनि सिकाउने छ, फाेटाेपसल सधै गुणस्तरियतामा बिश्वास गर्ने हुनाले फाेटाे पसलकाे उदेश्य नै गुणस्तरि फाेटाेग्राफर उत्पादन गर्नु हाे । फाेटाेकाे बजार अझै बढाउदै विश्व बजारमा नेपाली फाेटाेग्राफरकाे माग बढाउनु एवं वेराेजगार युवालाइ स्वराेजगार प्रदान गर्ने छ ।' प्रवन्ध निर्देशक न्याैपानैले नेपाली युवा शक्तिलाइ नेपालमै केहि गर्न प्रेरित गर्न फाेटाे पसलकाे सम्पूर्ण टिम लागीपर्ने बताए ।

Ad

सम्बन्धित समाचारहरु

जलमग्न बागलुङ बजार

जलमग्न बागलुङ बजार

निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर : खेमराज गौतम, रासस

साना तथा मझौला व्यवसाय लक्षित कर्जा बारे अन्र्तक्रिया सम्पन्न  ?,  फोटो व्यावसायीले पनि ऋण पाउछन ? (हेर्नुहोस भिडियो)

काठमाडौं । फोटो पसलले साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा र राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले सहुलियत कर्जा तथा साना व्यावसायीले पाउने कर्जाको विषयमा जानकारी दिए । फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत सहजीकरण गरेको कार्यक्रममा बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्न सक्ने ऋण र ऋण दिनसक्ने आधारहरु तथा नीतिको विषयमा छलफल तथा जानकारी दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad